Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प

खबरडबली संवाददाता

वासिङ्टन । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो । 

“इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ”, उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखे, “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।” उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे । 

ट्रम्पको प्रचार टोलीले मङ्गलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ । प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन । “आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उहाँको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो”, प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भने, “गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वय अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन् ।”

प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन । विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन् । यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ । पेन्सिल्भेनियामा भएको र्यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो । 

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उनको सुरक्षा बढाइएको बताएका थिए । इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो । “यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ”, त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेको थियो ।

इरानी साइबर आक्रमणकारीहरू

अमेरिकी गुप्तचर निकायहरूले इरानमाथि ट्रम्पको प्रचार टोलीलाई निशाना बनाएर ह्याक गरेको र तेहरानले सन् २०२४ को निर्वाचनलाई प्रभावित गर्न खोजिरहेको आरोप लगाएका छन् । इरानी साइबर आक्रमणकारीहरूले ट्रम्पका तत्कालीन ह्वाइट हाउस प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेनका कर्मचारीहरूलाई ट्रम्पको प्रचारबाट ‘चोरी गरिएका गैरसार्वजनिक’ सामग्री प्रस्ताव गरेको यसै महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय, सङ्घीय जाँच ब्युरो र साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीको वक्तव्यमा उल्लेख छ । 

“निर्वाचनको दिन नजिकिँदै गर्दा विदेशी खेलाडीहरूले आफ्नो निर्वाचनको प्रभाव गतिविधिहरू बढाइरहेका छन्”, रुस, इरान र चीनलाई विशेष रूपमा उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आफ्नै फाइदाका लागि अमेरिकी समाजमा विभाजनलाई बढाउन केही प्रयास गरिरहेका छन् ।” इरानी साइबर आक्रमणकारीहरूले ट्रम्प प्रचार टोलीबाट चोरी गरिएका जानकारी अमेरिकी मिडिया सङ्गठनहरूसँग साझा गर्ने प्रयाससमेत गरेको अमेरिकी एजेन्सीहरूले बताएका छन् । तर उनीहरूले ती मिडिया आउटलेटहरूको नाम बताएनन् । 

इरानले आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । ट्रम्पका राष्ट्रपति निर्वाचन प्रतिद्वन्द्वी कमला ह्यारिसको प्रचार टोलीले अगस्ट १३ मा उसलाई पनि ह्याकरहरूले निशाना बनाएको बताएको थियो । तर टोलीले कुन देश यसको पछाडि रहेको विश्वास गरिएको थियो भन्नेबारे सङ्केत दिएन । 

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचनको मतदान हुँदैछ । ह्यारिस र ट्रम्प बराबरको अवस्थामा रहेको सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले यस गृष्ममा उम्मेदवारी फिर्ता लिएपछि ह्यारिसले आफ्नो अभियान सुरु गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending