Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दुई दलको सरकार हुनु निजी क्षेत्रको लागि अवसर हो: मन्त्री भण्डारी

खबरडबली संवाददाता

धनगढी । सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु निजी क्षेत्रको लागि सुनौलो अवसर भएको बताएका छन् । 

मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । उनले भने, यस्तो अवस्था फेरि नआउन सक्छ अहिले सबै खालका जटिलता फुकाउन सजिलो छ त्यसैले उद्योगी व्यवसायीले यस्तो अवस्थामा केही गरेर देखाउनुपर्छ । 

मौद्रिक नीतिको निजी क्षेत्रले स्वागत गरेको छ सरकारका प्राथमिकता उद्योग, पर्यटन, कृषि, विद्युतीयकरण र टेक्नोलोजी हो भन्ने पनि स्पष्ट छ  उनले भने, अहिलेको बलियो सरकार भएको बेला लगानी बढाउनुपर्छ उद्योग, व्यवसाय फस्टाए सरकार पनि बलियो भएर स्वाधीन अर्थतन्त्र हुन्छ भन्ने हामीले बुझेका छौ ।

कोरोनाले निजी क्षेत्र सबैभन्दा बढी प्रभावित भयो, उद्योग र उद्योगीलाई प्रोत्साहन हुने गरेर सरकार अघि बढेको छ बढ्छ मन्त्री भण्डारीले भने,  सरकारले आफै उद्योग चलाउँदैन नियम, कानुन सहज बनाई दिने हो, केही कठिनाइ भए निजी क्षेत्रले भन्नुपर्छ । 

उनले आपूर्तिलाई सहज बनाउन सरकार लागेको बताउँदै आउँदै गरेका चाड, पर्वमा चिनीको मूल्य दुई अङ्क भन्दामाथि नजाने दाबी गरे । उनले सरकारले आउन थालेका चाड, पर्वका लागि चिनी लगायतका उपभोग्य सामाग्रीको  अभाव हुन नदिने बताए । फरक प्रसङ्गमा उनले दैजी/छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाइने छ, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको छिट्टै उद्घाटन हुने बताउँदै त्यसले सुदूरपश्चिम क्षेत्रको विकासमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending