इलाम । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले जनाएको छ ।
इलाम पशुपालन र दुध उत्पादनमा व्यावसायिक बन्दै गएकाले खोरेत मुक्त गराउनु अनिवार्य जस्तै भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । इलाममात्र नभई कोशी प्रदेशलाई नै खोरेत रोग मुक्त गराई पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारका लागि पहल गरिने लक्ष्य रहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रानाले बताए ।
"यहाँ उत्पादित हुने घिउ, छुर्पी, दूध सहित मासु जन्य पदार्थ विदेशी बजारमा पठाउन सकिन्छ । उत्पादनमा कोशी प्रदेश बिस्तारै आत्मनिर्भर हुँदैछ तर विदेशमा खोरेत रोग मुक्त प्रमाणपत्र पहिलो सर्त रहन्छ, त्यसको तयारी अब हामीले गर्नुपर्नेछ," मन्त्री रानाले भने, "त्यो प्रमाणपत्रका लागि अबको चार वर्षभित्र हाम्रो प्रदेशलाई खोरेत मुक्त बनाउन हामी सबै लाग्न जरुरी छ । खोप अभियान सुरु भएको छ ।"
विगतमा वर्षमा एक पटक खुरफाटेका पशुहरूलाई दिइने खोरेत विरुद्धको खोप यो अभियानमा एक वर्षमा दुई वटा दिइने छ । गाई, भैँसी, बाख्रा, बङ्गुर, भेडा मृग लगायतका जनावारहरुमा यो खोप दिइने जनाइएको छ । इलाममा यस पटक एक लाख ४१ हजार खोप माग रहेको छ । प्रथम चरणको खोप अभियानमा एक लाख २४ हजार खोप आएको र त्यो खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका सूचना अधिकारी नवीन वैद्यले बताए । वैद्यका अनुसार इलाममा आर्थिक वर्ष ०८०-०८१ मा गाईगोरुको सङ्ख्या दुई लाख ७७ हजार २६० रहेको छ ।
यस्तै सोही आर्थिक वर्षमा भैँसी राँगाको सङ्ख्या ७४ हजार २३५, बाख्राको सङ्ख्या तीन लाख ३७ हजार १३२ बङ्गुरको सङ्ख्या ७७ हजार ४८० रहेको छ । यो वर्ष भने पशुहरूको तथ्याङ्क सङ्कलन भई नसकेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: