इलाम । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले जनाएको छ ।
इलाम पशुपालन र दुध उत्पादनमा व्यावसायिक बन्दै गएकाले खोरेत मुक्त गराउनु अनिवार्य जस्तै भएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । इलाममात्र नभई कोशी प्रदेशलाई नै खोरेत रोग मुक्त गराई पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारका लागि पहल गरिने लक्ष्य रहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रानाले बताए ।
"यहाँ उत्पादित हुने घिउ, छुर्पी, दूध सहित मासु जन्य पदार्थ विदेशी बजारमा पठाउन सकिन्छ । उत्पादनमा कोशी प्रदेश बिस्तारै आत्मनिर्भर हुँदैछ तर विदेशमा खोरेत रोग मुक्त प्रमाणपत्र पहिलो सर्त रहन्छ, त्यसको तयारी अब हामीले गर्नुपर्नेछ," मन्त्री रानाले भने, "त्यो प्रमाणपत्रका लागि अबको चार वर्षभित्र हाम्रो प्रदेशलाई खोरेत मुक्त बनाउन हामी सबै लाग्न जरुरी छ । खोप अभियान सुरु भएको छ ।"
विगतमा वर्षमा एक पटक खुरफाटेका पशुहरूलाई दिइने खोरेत विरुद्धको खोप यो अभियानमा एक वर्षमा दुई वटा दिइने छ । गाई, भैँसी, बाख्रा, बङ्गुर, भेडा मृग लगायतका जनावारहरुमा यो खोप दिइने जनाइएको छ । इलाममा यस पटक एक लाख ४१ हजार खोप माग रहेको छ । प्रथम चरणको खोप अभियानमा एक लाख २४ हजार खोप आएको र त्यो खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका सूचना अधिकारी नवीन वैद्यले बताए । वैद्यका अनुसार इलाममा आर्थिक वर्ष ०८०-०८१ मा गाईगोरुको सङ्ख्या दुई लाख ७७ हजार २६० रहेको छ ।
यस्तै सोही आर्थिक वर्षमा भैँसी राँगाको सङ्ख्या ७४ हजार २३५, बाख्राको सङ्ख्या तीन लाख ३७ हजार १३२ बङ्गुरको सङ्ख्या ७७ हजार ४८० रहेको छ । यो वर्ष भने पशुहरूको तथ्याङ्क सङ्कलन भई नसकेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: