कावासोती। जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था लागु पारिएको जनाएको छ । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको हो।
योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजना अनुसार नेपाल प्रहरीको तर्फबाट तीन सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट एक सय ७८ जनाको जनशक्ति परिचालन हुने छ । चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता कार्यलाई निरुत्साहित बनाउँदै आम नागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए। जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरी रेग्मीले जिल्ला प्रहरी कार्यालयले दैनिक रुपमा कमाण्ड पोष्ट, सवारी गस्ती, इकाइहरुको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, पिकेट, धार्मिकस्थल/पर्यटक स्थलको सुरक्षा ,बजार अनुगमन, यात्रु सहायता कक्षमा प्रहरी परिचालित गरिने बताए।
चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुँदा यात्रुहरुलाई सहज आवागमनका लागि राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरिने छ। त्यस्तै प्रहरीले धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ ।
सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैद्य मदिरा नियन्त्रणको लागि पनि प्रहरी परिचालन गर्ने प्रहरीको तयारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १७:१६
नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ । ...
चैत्र २९ गते, २०८२ - १६:५८
संखुवासभा। इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरका...
चैत्र २९ गते, २०८२ - १६:४५
पाँचथर । युट्युबमार्फत बालेन्द्र शाह लगायत नेताहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल ...
चैत्र २९ गते, २०८२ - १६:३६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्र आन्तरिक विवाद चर्किएको छ। असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसम...
चैत्र २९ गते, २०८२ - १६:२७
नवलपुर। गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गरेको छन् । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा प...
चैत्र २९ गते, २०८२ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...
चैत्र २९ गते, २०८२ - १६:०१
काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ५२८१ नम्बरको का...
चैत्र २९ गते, २०८२ - १५:०६
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...
चैत्र २९ गते, २०८२ - १४:३६
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...
चैत्र २९ गते, २०८२ - १४:३२
चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...


प्रतिकृया लेख्नुहोस्: