Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

शसस्त्र प्रहरीद्धारा एकैदिन ३१ लाख रुपियाँको अवैध सामान बरामद

खबरडबली संवाददाता

नेपालगन्ज। देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ ।

सोही क्रममा प्रहरीलाई ठुलो सफलता समेत हात लाग्न थालेको छ । तस्करी र अवैध आयात निर्यात रोक्न सक्रिय भएको शसस्त्र प्रहरीले एकै दिन यहाँस्थित नेपाल भारत नाकाबाट ३१ लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीको टोलीले शनिवार नेपाल भारत सीमा नाका नजिकै रहेको डुडुवा गाउँपालिका १ पाझा चौफेरीबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन थालिएको ट्याक्टर सहित करिब ३१ लाख रुपियाँ बराबरको अवैध सामान र ट्याक्टर बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दले भारतबाट नेपालतर्फ आउँदै गरेको भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको २१ लाख रुपियाँ बराबरको ६२० किलो (२० कार्टुन) सागा च्याउ र दस लाख रुपियाँ बराबरको ट्याक्टर बरामद गरी आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।

उहाँले अवैध सामान आउँदै गरेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले ट्याक्टरलाई चेकजाँच गर्दा उक्त सामान बरामद भएको र ट्रयाक्टरसहित सामानलाई नियन्त्रणमा लिइएको बताए।

सीमा नाकाको क्षेत्रबाट हुने विभिन्न प्रकारका सामानको अवैध आयात रोक्न मुख्य नाकामा निकै कडाइ गर्नुका साथै विभिन्न ठाउँमा निरन्तर गस्ती गरिरहेको तथा नाकामा निकै सचेत भएर ड्युटी प्रहरीले गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ ।

सो कार्यालयका अनुसार प्रहरीले दिनदिनै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान नियन्त्रणमा लिँदै आएपनि चोरी तस्करी र अवैध आयात निर्यात गर्नेहरुले अवैध रुपमा सामान ल्याउने कार्य निरन्तर गरिहेको पाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

दस महिनामा एक तिहाइ बजेट खर्च

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक हटाइएपछि अन्योल, सचिव भन्छन्– जानकारी छैन

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...

५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कलमान घिसिङको माग

काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...

संयोजक प्रचण्ड अस्पताल भर्ना, निमोनियाको शङ्का

काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...

मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...

निर्वाचनको तयारीमा एमाले, ‘मिसन पार्टी जागरण’ पालिका र वडासम्म एमाले नेताहरू परिचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending