Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

कम्युनिष्ट नेताहरुः जाे दक्षिण एसियामै पहिलो पटक सत्तामा पुगे

खबरडबली संवाददाता

काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले ‘कमरेड कमला’ भन्छन् । कमलाका पिता मार्क्सवादी भएको फेरो जोडेर राष्ट्रपतीय बहस कार्यक्रममा पनि ट्रम्पले यो कुरा दोहोर्‍याए । जुन विषय विश्वभरका मिडियाको हेडलाइन बन्यो ।

अहिले नवनिर्वाचित श्रीलंकाली राष्ट्रपतिको कारण पनि कम्युनिष्ट शब्दको चर्चा बढेको छ । दक्षिण एसियामा कम्युनिष्ट शक्तिको उर्बर भूमि भारत र नेपाल हो । अझ रोचक कुरा त नेपालको कम्युनिष्ट चीनबाट आयात भएन । भारतबाट भयो । माओलाई नेता मान्ने नेपाली कम्युनिष्टका हर्ताकर्तालाई मेन्टरसिप गर्ने पनि भारतीय कम्युनिष्टहरू थिए ।

झण्डै ९९ वर्ष अगाडि सन् १९२५ डिसेम्बर २६ मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टीभन्दा झण्डै साढे दुई दशकपछि २००६ वैशाख ११ (सन १९४९ अप्रिल २३) मा स्थापना भएको हो नेपाल कम्युनिष्ट पार्टी ।

यी दुई पार्टीभन्दा धेरै पछि सन् १९६५ मा स्थापना भएको हो अहिलेको नयाँ सत्ताधारी श्रीलंकाको कम्युनिष्ट पार्टी जनमुक्ति मोर्चा (जेभीपी)।

भारतीय कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित मुख्यमन्त्री बनायो । नेपालको कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित प्रधानमन्त्री बनायो । अहिले आएर श्रीलंकाको कम्युनिष्ट शक्ति जेभीपीले पहिलो निर्वाचित राष्ट्रपति बनाएको छ । यहाँ ती तीन ऐतिहासिक दक्षिण एसियाली कम्युनिष्ट अनुहारको चर्चा गरिएको छ ।

पहिलो निर्वाचित मुख्यमन्त्रीः ईएमएस नामोदिरिपद
अहिले केरेलामा कम्युनिष्ट सरकारका मुख्यमन्त्री छन् । केरेलाको इतिहासमा मुख्यमन्त्रीको कथा नै कम्युनिष्टबाट सुरू हुन्छ । पहिलो केरेलाका मुख्यमन्त्री हुन् ईएमएस नामोदिरिपद । उनी भारतको कम्युनिष्ट पार्टीका सहसंस्थापक पनि हुन् । उनी सन् १९६७ मार्च ६ देखि सन १९६९ नोभेम्बर १ सम्म मुख्यमन्त्री भएका थिए । नामोदिरिपदले भारतमा मात्रै होइन दक्षिण एसियाबाटै सबैभन्दा पहिलो निर्वाचित मुख्यमन्त्री बन्ने रेकर्ड बनाएका छन् । सन् १९९८ मा ८८ वर्षको उमेरमा उनको निधन भयो ।

पहिलो निर्वाचित प्रधानमन्त्रीः मनमोहन अधिकारी
नेपाल कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित महासचिव भएका मनमोहन अधिकारीले पछि कम्युनिष्ट पार्टीको त्यहीँबाट विकसित हाँगो नेकपा ९एमाले० का सर्वसम्मत अध्यक्ष भए । नेपालमात्र नभएर दक्षिण एसियाबाटै पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड बनाए मनमोहनले । २०५१ मंसिरबाट २०५२ भदैसम्म बनेको ९ महिने मनमोहन सरकारको अहिले पनि नेपालमा चर्चा र तारिफ हुने गरेको छ । मनमोहन अधिकारीको कूटनीतिक मोर्चा पनि सफल मानिन्छ । भारतसँग सन् १९५० को सन्धि पुनरावलोकनको मुद्दा औपचारिक रूपमा उठाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।

पहिलो निर्वाचित राष्ट्रपतिः अनुरा कुमारा दिसानायके
भर्खरैमात्र श्रीलंकामा पहिलो कम्युनिष्ट राष्ट्रपति चयन भएका छन् । श्रीलंकाली अखबार दि आइल्याण्डका अनुसार अनुरा कुमारा दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएर राष्ट्रपति भए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेले २३ लाख हाराहारी मत पाएकोमा उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रियदसाले ४५ लाख बढी मत ल्याए ।

चुनाव जितेका अनुरालाई भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाबाट सबैभन्दा पहिलो बधाई दिए । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बधाई दिएका छन् । उनले मार्क्सवादी नेता चयन गरेकोमा श्रीलंकाली जनतालाई पनि धन्यवाद भनेका छन् ।

प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा माक्सर्ववादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई मत सलाम गर्छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending