Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन’का लागि विश्वका नेताहरु न्यूयोर्कमा

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’मा सहभागी हुन विश्वभरका नेताहरू आइतबार न्यूयोर्कमा भेला भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२१ मा पहिलो पटक सम्मेलनलाई अन्तर्राष्ट्रिय सहयोगलाई पुनर्जीवित गर्दै मानव इतिहासलाई नयाँ आकार दिने ‘एक पुस्तामा एकपटक आउने अवसर’ का रुपमा प्रस्ताव गरेका थिए । मङ्गलबारदेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका बिचमा आयोजना हुने सम्मेलनमा दर्जनौँ राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरूले आइतबार सङ्कटग्रस्त विश्व परिस्थितिसँग तालमेल राख्न ‘भविष्यका लागि सम्झौता’ स्वीकृत गर्ने अपेक्षा गरिएको छ । 

सम्झौताको विषयमा अन्तिम समयमा भएको गहन वार्तापछि, गुटेर्रेसले केही निराशा व्यक्त गर्दै  सदस्य राष्ट्रहरूलाई ‘साहस’ देखाउन आग्रह गरे र आजको खतरालाई प्रभावकारी रूपमा जवाफ दिन सङ्घर्ष गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूलाई बलियो बनाउन ‘अधिकतम महत्वाकाङ्क्षा’ का लागि आह्वान गरेका छन् । स्वीकृतिका लागि पेस गरिने सम्झौताको पछिल्लो संस्करणमा नेताहरूले परिवर्तनशील संसारसँग तालमेल राख्न ‘लामो सङ्कट’ को सामना गर्दै वर्तमान र भावी पुस्ताको आवश्यकता र चासोको रक्षा गर्न बहुपक्षीय प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगभग ३० पृष्ठको यो सम्झौताले बहुपक्षवादप्रति प्रतिबद्धता, संयुक्त राष्ट्रको बडापत्रको समर्थन र शान्ति स्थापनासहित ५६ वटा कार्यको रूपरेखा प्रस्तुत गरेको छ । यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधारका साथै जलवायु परिवर्तनसँग लड्न, निशस्त्रीकरणलाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विकासलाई मार्गदर्शन गर्ने नयाँ प्रयासमा ध्यान केन्द्रीत गर्न आह्वान गर्दछ । “सम्झौतामा विभिन्न प्रगतिशील कुराहरू समावेश भएपनि यो महासचिव गुटेर्रेसले सुरुमा आह्वान गरेको सम्पूर्ण बहुपक्षवादलाई सुधार गर्ने क्रान्तिकारी दस्तावेज होइन,” अन्तर्राष्ट्रिय सङ्कट समूहका रिचर्ड गोवानले दस्तावेजबारे टिप्पणी गरे । 

हालैका दिनमा भएको गहन वार्तापछि  रूसले अझै पनि शनिबार प्रकाशित पृष्ठको अन्तिम संस्करणमा आपत्ति जनाएको एक कूटनीतिक स्रोतले बताएको छ । सम्झौता स्वीकृत हुने अपेक्षा गरिएको छ, तर ग्यारेन्टी छैन । विभिन्न आलोचनाका बावजुद यो अझै पनि “कठिन वर्तमान भूराजनीतिक सन्दर्भमा पनि बहुपक्षवादप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई पुष्टि गर्ने अवसर हो”, एक पश्चिमी कूटनीतिज्ञले ग्लोबल नर्थ र साउथबीचको विश्वास पुनर्निर्माणको आवश्यकतालाई जोड दिँदै बताए ।

“हाम्रो अर्को काम भनेको सम्झौतालाई जीवन्त रुप दिनु हो,  शब्दहरूलाई कार्यमा परिणत गर्नु हो,” गुटेर्रेसले शनिबार बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: