Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

रवि लामिछाने

म त यी सारा आरोप सहेर पनि बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर... भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नुपरेको छ ।

संसदीय विशेष छानबिन समितिले प्रस्ट भन्यो कि सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन् । एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा सहकारी संस्थाबाट मिडिया कम्पनीमा आएको पैसा चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ ।

कार्यकारी अध्यक्षले ल्याएर संस्थाको खातामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ ? राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभागजस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले ? यो जिम्मा नलिएर तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ ? यसले निजी व्यवसाय चल्न सक्छ ?

कहिले मसँग प्रमाण छ भन्ने, फेरि त्यो प्रमाण गृहमन्त्रीसँग छ भन्ने, कहिले सहकारी अपचलन भन्ने अनि फेरि गोर्खा मिडिया अपचलन भन्ने । कुरा फेर्दाफेर्दा अब एक दिन उनीहरू ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नेछन् । हाल गठित सहकारी छानबिन समितिको टीओआरअन्तर्गतका सहकारी मात्रैको तथ्यांकअनुसार ८७ अर्ब रुपैयाँ अपचलन भएको छ ।

मूलधारका मिडियालाई मेरो अनुरोध के छ भने अबको सय दिन मेरो होइन, त्यत्रो पैसा हिनामिना गर्नेहरूको पछि लाग्नुहोला । ८७ अर्ब अपचलनको रिपोर्टिङमा सारा संयन्त्र लगाइदिनुहोला । १ सय दिन मलाई ‘ब्रेक दिनुस्’ ब्रेकिङ न्युज पाउनुहुन्छ । राज्यका सारा संरचना लगाएर मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो ।

पार्टीको तह–तहमा बसी सहकारी ठगी गर्ने, प्रमाण नै प्रमाण भएका, विदेश भागेका, देशमा लुकेर अनुसन्धान प्रभावित पारेका, पार्टीको झण्डाले लाज छोपेकादेखि जेल छिरेका वास्तविक सहकारी ठगहरूलाई पार्टीभित्रै पालेर अरुलाई ठग भन्दै औँलो ठड्याउन सक्ने तहको प्रशिक्षण कसरी दिइन्छ, बुझिनँ मैले बुझाइदेऊ कसैले !

सहकारी ठगीविरुद्ध संघर्ष गरिरहनुभएका साथीहरूलाई म १ मिनेट भए पनि सोच्न अनुरोध गर्दै अपिल गर्छु कि इमानदार भएर भन्नुस् त यी ठूला दल र केही ठूला मिडिया तपाईंको वचन फिर्ता गर्न लडिरहेका छन् कि रवि लामिछानेलाई दोषी करार गर्न टाउको फोडिरहेका छन् ? जवाफ मलाई दिनु पर्दैन ।

म त यी सारा आरोप सहेर पनि बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन । यो कुरा तपाईंहरूले (रास्वपाका सदस्यले) जहाँ पनि शिर ठाडो पारेर भन्न सक्नुहुन्छ । आरोपको यो सिलसिला निरन्तर चल्छ । र, समयक्रममा आफैँ हट्छ ।

हामीलाई आरोपित गर्ने, हतोत्साहित बनाउने, अनेकन आक्षेप र अपव्याख्याले डाक्न खोज्ने जोकोही र विशेष गरी राजनीतिको पुरानो पुस्तालाई पनि हामी घण्टी बजाएर सम्मान गर्न चाहन्छौँ । किनकि अहिलेको व्यवस्था ल्याउन उहाँहरूको सघन र अहम् भूमिका छ । व्यवस्था परिवर्तन गर्न जेलनेल भोग्नुभएको छ । अनेकन पीडा, प्रताडना, हिंसा खेपेर देशलाई गणतन्त्रसम्मको यात्रामा ल्याउनुभएको छ । यो योगदानका लागि कोटीकोटी नमन गर्दै धन्यवाद दिन्छौँ ।

तथापि, आज सिङ्गो देशलाई साक्षी राखेर स्पष्ट र ठूलो आवाजका साथ भन्न चाहन्छु, इतिहास तपाईंहरूले कोर्नुभयो, भविष्य हामी बनाउँछौँ । (राष्ट्रिय भेलामा रास्वपा सभापति रवि लामिछानेले पेस गरेको प्रतिवेदनको अंश)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending