Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

रवि लामिछाने

म त यी सारा आरोप सहेर पनि बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर... भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नुपरेको छ ।

संसदीय विशेष छानबिन समितिले प्रस्ट भन्यो कि सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन् । एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा सहकारी संस्थाबाट मिडिया कम्पनीमा आएको पैसा चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ ।

कार्यकारी अध्यक्षले ल्याएर संस्थाको खातामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ ? राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभागजस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले ? यो जिम्मा नलिएर तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ ? यसले निजी व्यवसाय चल्न सक्छ ?

कहिले मसँग प्रमाण छ भन्ने, फेरि त्यो प्रमाण गृहमन्त्रीसँग छ भन्ने, कहिले सहकारी अपचलन भन्ने अनि फेरि गोर्खा मिडिया अपचलन भन्ने । कुरा फेर्दाफेर्दा अब एक दिन उनीहरू ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नेछन् । हाल गठित सहकारी छानबिन समितिको टीओआरअन्तर्गतका सहकारी मात्रैको तथ्यांकअनुसार ८७ अर्ब रुपैयाँ अपचलन भएको छ ।

मूलधारका मिडियालाई मेरो अनुरोध के छ भने अबको सय दिन मेरो होइन, त्यत्रो पैसा हिनामिना गर्नेहरूको पछि लाग्नुहोला । ८७ अर्ब अपचलनको रिपोर्टिङमा सारा संयन्त्र लगाइदिनुहोला । १ सय दिन मलाई ‘ब्रेक दिनुस्’ ब्रेकिङ न्युज पाउनुहुन्छ । राज्यका सारा संरचना लगाएर मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो ।

पार्टीको तह–तहमा बसी सहकारी ठगी गर्ने, प्रमाण नै प्रमाण भएका, विदेश भागेका, देशमा लुकेर अनुसन्धान प्रभावित पारेका, पार्टीको झण्डाले लाज छोपेकादेखि जेल छिरेका वास्तविक सहकारी ठगहरूलाई पार्टीभित्रै पालेर अरुलाई ठग भन्दै औँलो ठड्याउन सक्ने तहको प्रशिक्षण कसरी दिइन्छ, बुझिनँ मैले बुझाइदेऊ कसैले !

सहकारी ठगीविरुद्ध संघर्ष गरिरहनुभएका साथीहरूलाई म १ मिनेट भए पनि सोच्न अनुरोध गर्दै अपिल गर्छु कि इमानदार भएर भन्नुस् त यी ठूला दल र केही ठूला मिडिया तपाईंको वचन फिर्ता गर्न लडिरहेका छन् कि रवि लामिछानेलाई दोषी करार गर्न टाउको फोडिरहेका छन् ? जवाफ मलाई दिनु पर्दैन ।

म त यी सारा आरोप सहेर पनि बचतकर्ताको पैसा फिर्ता गर्न लड्नेछु । सिङ्गो पार्टी लड्नेछ । केही त भन्नैपर्छ भन्ने पूर्वाग्रहमा कतिपय कुरा अझै भनिनेछन् । तर, रास्वपाका साथीहरूको सभापतिले एक पैसा खाएको छैन । यो कुरा तपाईंहरूले (रास्वपाका सदस्यले) जहाँ पनि शिर ठाडो पारेर भन्न सक्नुहुन्छ । आरोपको यो सिलसिला निरन्तर चल्छ । र, समयक्रममा आफैँ हट्छ ।

हामीलाई आरोपित गर्ने, हतोत्साहित बनाउने, अनेकन आक्षेप र अपव्याख्याले डाक्न खोज्ने जोकोही र विशेष गरी राजनीतिको पुरानो पुस्तालाई पनि हामी घण्टी बजाएर सम्मान गर्न चाहन्छौँ । किनकि अहिलेको व्यवस्था ल्याउन उहाँहरूको सघन र अहम् भूमिका छ । व्यवस्था परिवर्तन गर्न जेलनेल भोग्नुभएको छ । अनेकन पीडा, प्रताडना, हिंसा खेपेर देशलाई गणतन्त्रसम्मको यात्रामा ल्याउनुभएको छ । यो योगदानका लागि कोटीकोटी नमन गर्दै धन्यवाद दिन्छौँ ।

तथापि, आज सिङ्गो देशलाई साक्षी राखेर स्पष्ट र ठूलो आवाजका साथ भन्न चाहन्छु, इतिहास तपाईंहरूले कोर्नुभयो, भविष्य हामी बनाउँछौँ । (राष्ट्रिय भेलामा रास्वपा सभापति रवि लामिछानेले पेस गरेको प्रतिवेदनको अंश)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending