धनकुटा । धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन निर्माण भएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई तले भवन निर्माण गरिएको हो ।
यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा नगरपालिका–७ स्थित बसपार्कमा रहेको व्यापारिक भवनबाट ८ नं.वडा कार्यालयको सेवा प्रवाह गर्ने गरिएको थियो । यो सँगै धनकुटा नगरका १० मध्ये ७ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह थालेका छन् । वडा नं.३, ७ र १० नम्बरको भवन निर्माण बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
बिहिबार धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्घाटन गर्दै वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । ८ नम्बर वडामा आठपहरिया जातिको बाहुल्यता छ । उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने मेयर तामाङले प्रतिवद्धता समेत व्यक्त गरे ।
वडा कार्यालय भवन बनाउन स्वारिबाका राजबहादुर राईले एक रोपनी जग्गा दान गरेका गरेका छन् । यसैबिच, टेकुनालाको चैनपुरेमा सेवा केन्द्र पनि आजै उद्घाटन गरिएको छ । वडा कार्यालय भवन बनेको र सेवा केन्द्र पनि स्थापना गरिएकाले यसबाट वडावासीहरुलाई छिटो तथा सहज रुपमा सेवा प्रवाह गर्न सजिलो हुने वडाध्यक्ष रसबहादुर आठपहरियाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २३ गते, २०८१ - १७:३१
काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँप...
आश्विन २३ गते, २०८१ - १७:२७
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट सहि...
आश्विन २३ गते, २०८१ - १६:१५
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् । पशुपति धर्मशालामा आज मारवाडी सेवा समा...
आश्विन २३ गते, २०८१ - १५:५२
काठमाडौं । नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ । निगमले स्था...
आश्विन २३ गते, २०८१ - १५:३९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइएको भन्दै प्राप्त नभए मन्त्रालयलाई खबर ...
आश्विन २३ गते, २०८१ - १५:३६
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् । संसद बैठकमा ...
आश्विन २३ गते, २०८१ - १५:३२
काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख ...
आश्विन २३ गते, २०८१ - १५:२९
काठमाडौं । लिभरपुलका पुर्व प्रशिक्षक जर्गन क्लोप रेड्बुलको ग्लोबल हेड अफ सकरमा नियुक्त भएका छन् । गत मे मा लिभरपुलको प्रशिक्षक छोडेका क्लोप अहिलेसम्म ...
आश्विन २३ गते, २०८१ - १५:२६
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्त...
आश्विन २३ गते, २०८१ - १५:१६
काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चाल...
प्रतिकृया लेख्नुहोस्: