Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रबि लामिछानेमाथि ठगी र किर्तेसम्बन्धीका कानुन आकर्षित हुन्छ: महामन्त्री थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि ठगी‚ किर्ते‚ सहकारी‚ फौजदारीसम्बन्धी कानुन आकर्षित हुने बताएका छन् । 

उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट रकम अपचलन गर्न रवि लामिछाने सक्रिय रहेको सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पश्चात् थाहा भएको बताए । बुधबार पार्टी कार्यालयमा बोल्दै उनले गोरखा मिडिया नेटवर्कमा  ‘एउटा हैन ४‚५ वटा सहकारीबाट लाखमा होइन करोडौँ रुपैयाँ आएको छ भन्ने समितिले भेटाएको’ उल्लेख गरे । 

महामन्त्री थापाले सहकारी सदस्य नभए पनि लामिछानेले ठुलो रकम हिनामिना गरेको बताए । ‘समितिले एक रुपैयाँ लाने कुरा पनि कानुनी बाटोबाट होइन गैरकानुनी बाटोबाट लगिएको हो भनेर लेख्यो‚’ महामन्त्री थापाले भने । 

उनले समितिले प्रतिवेदनमा नाम किटेरै रवि लामिछानेलाई कारबाही गर भनेर निर्देशन दिएको उल्लेख गरे । साथै उनले प्रतिवेदन पश्चात् रविको केसमा तीन कानुन आकर्षित हुने बताए । ‘पहिलो सहकारी कानुनको दफा १२२ अनुसार सहकारी ठग्नेलाई कारबाही हुने । दोस्रो संगठीत अपराध  सम्बन्धी कानुन हो । यसभित्र मुलुकी अपराध संहिताको दफा ३० अनुसार कारबाही हुने रहेछ‚’ उनले भने‚‘ठगी पनि छ‚ किर्ते पनि छ‚ सहकारी पनि छ‚ फौजदारी पनि छ यति धेरै भएकाले प्रचलित कानुन अनुसार कारबाही गर्नु भनेर लेखिएको रहेछ ।’

महामन्त्री थापाले गोरखा मिडिया नेटवर्क सञ्चालनमा आएकै दिन एक रुपैयाँ खल्तीको लगानी नगरी सहकारी किर्ते गरेर रकम अपचलन गरिएको समितिको प्रतिवेदनमा उल्लेख भएको बताए । ‘सहकारीमा बसेर ठग्ने भन्दा पनि सहकारी नबसेर ठग्ने धेरै हुने रहेछन्‚’ उनले भने‚‘त्यसैले कानुनमै सहकारीमा नबस्ने तर ठग्ने ठग हो है भनेर लेखियो ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending