Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

खबरडबली संवाददाता

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगरले निर्माण गरेको ‘ब्लक सी’ भवन सञ्चालनमा आएको हो । 

महानगरका प्रमुख चिरीबाबु महर्जनले भवन उद्घाटन गरे । १२ नं वडा कार्यालयसँगै महानगरका दुईवटा महाशाखाले नगरवासीलाई सेवा दिने जानकारी दिइएको छ । ‘भवन निर्माणका क्रममा धेरै कठिनाइ उत्पन्न भए, मुद्दा मामिलादेखि जग्गाको भोगाधिकारसम्मका विषयलाई हामीले समाधान गरेर यो चरणसम्म सफलता हासिल गर्न सफल भयौँ,’ उनले भने ।

हालसम्म महानगरले तीन प्रशासनिक र २३ वटा अत्याधुनिक वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको जनाउँदै महानगरप्रमुख महर्जनले प्रविधिअनुसारको नागरिकमैत्री सेवा प्रवाहका लागि महानगर प्रयासरत रहेको बताए । उनले आगामी दिनमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । 

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अब वडा नं ५, ९, १४ र १६ सहित पाँचवटा वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको जानकारी गराउँदै ती भवन पनि यथाशीघ्र निर्माण गर्नेतर्फ महानगर केन्द्रित रहेको बताए । उनले वडा नं ५ को भवन निर्माणका लागि जग्गा प्राप्तिको कार्य सम्पन्न भइसकेको जानकारी गराए । 

ललितपुरका जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यो अत्याधुनिक भवन निर्माणले सुशासन कायम राख्दै सरकारी मूल्य मान्यता र स्वचालित सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले सबै कर्मचारी तथा सरोकार भएका निकायले सुशासन कायम राखेर नागरिकलाई सेवा दिने र उपलब्धिमूलक नचिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए । 

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुर महानगरले उत्कृष्ट कार्य सम्पादन गर्नेतिर ध्यान दिएको र नागरिकको सेवाको सर्वोपरि हितलाई ध्यान दिँदै महानगरले आफ्नो कार्यहरू अगाडि बढाइरहेको जानकारी गराए । उनले विगतमा निर्माण भएका भवनहरु अहिले पर्याप्त नभएकाले सेवाग्राहीको सहजतालाई केन्द्रमा राखेर प्रशासनिक संरचना निर्माण गरिएको उल्लेख गरे ।

दुई हजार २ सय ४४ दशमलव ४१ वर्गमिटर क्षेत्र रहेको छतले भवनको पहिलो तलामा वडा कार्यालय र त्यसभन्दा माथि महानगरका महाशाखाहरू सञ्चालनमा आउने जनाइएको छ । महागरको पूर्वाधार महाशाखा प्रमुख प्रदीप पौडेलले दिएको जानकारीअनुसार २४ महिनाभित्र ११ करोड ९५ लाख रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी २०७९ असार १३ गते सम्झौता भएको भवन निर्माणका क्रममा विभिन्न कानूनी झमेलाका कारण पटकपटक म्याद थप गरी हालै निर्माण सम्पन्न भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: