Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

खबरडबली संवाददाता

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । 

अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । “गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्”, विकले भने, “आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।”

प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर रु २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्ष खेती राम्रो भएकाले पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरे । स्थानीय सरकारले परम्परागत बालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि विकजस्तै यहाँका किसान पनि कोदोखेतीतर्फ आकर्षित भएका हुन् । मालिका गाउँपालिकाले स्थानीय हावापानी र माटो सुहाउँदो अन्न तथा नगदेबालीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय सरकारको यस्तो नीतिले किसानमा आशा जागृत भएको मालिका गाउँपालिका–२ की टीकाकुमारी पुनले बताइन् । 

यस वर्ष पश्चिम म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका किसानका अधिकांश बारीमा कोदो लगाइएको छ । मालिका गाउँपालिका–६ का किसानले यस वर्ष साढे दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उनका अनुसार गत वर्ष दुई सय मुरी कोदो उत्पादन भएको थियो । पौष्टिक तत्वले भरिपूर्ण कोदो बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि उपयुक्त खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर परम्परागत बालीको संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देवीस्थानका किसान टेकबहादुर सिउथानीले बताए । 

देवीस्थानमा मात्र पाँच सय रोपनीभन्दा बढी क्षेत्रमा व्यावासायिक कोदोखेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने वार्षिक लाखौँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताए । “गाउँमा १० वर्ष अघिदेखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यत्ति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रूपमा प्रयोग गर्छौँ”, विकले बताए । 

ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् । एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले वनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै छ । जनशक्ति अभाव तथा धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदोखेती गर्न छाडेको किसानहरूले बताएका छन् । 

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने गरेका बेनीका होटल सञ्चालक विमला बरुवालले बताइन् । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टेमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । खाद्यान्नका रूपमा कोदोको प्रयोग स्वस्थकर हुने मानिन्छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले बिरामीका लागि पनि कोदा उपयुक्त हुने चिकित्सकहरू बताउँछन् । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन कोदोलाई उपयुक्त हुमानिन्छ । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय सरकारले परम्परागत प्रजातिको बालीमा न्यूनतम समर्थन मूल्य तोक्दै अनुदानको व्यवस्था गरेका छन् । मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाले कोदो, धान, फापर र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending