Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टर गठन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । 

प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलताको प्रबद्र्धन गर्न कोष बनाएको भन्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको बताए । 

रोजगारीको अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीहरुलाई संगठित गर्ने कार्यका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चलाई धन्यवाद समेत दिए । उनले प्रदेशसँगै समग्र मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढिरहेको समेत बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए । “विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ”, उनले भने, “यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुर्पछ ।”

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानुनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए । त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयापन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए । उनले प्रदेश सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वास व्यक्त गरे । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ । 

सोही अवसरमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरसँग होटेल लर्डस् दियालो, हेलिङ टच स्पा, म्याजिक बेल्स, होटेल सरोभर, थ्रील फ्याक्ट्री, होटेल इच्छा, वर्ल्ड अफ ओन्डर एण्ड स्र्पोट हाउसले सहकार्य गर्ने समझदारी गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: