ललितपुर । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले विकास आयोजनाका लागि प्रारम्भमा हुने अध्ययन, अनुसन्धान र परीक्षणलगायतका काममा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
प्रस्तावित सुर्खेत भेरिगङ्गा रामघाट विमानस्थल आयोजनाको वातावरणीय अध्ययन सम्बन्धमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले विकासका काम प्रारम्भ हुनुअघि गरिने अध्ययनलाई सकारात्मक रूपमा अगाड बढाउनुपर्ने धारणा राखे । “कुनै पनि आयोजनाको प्रारम्भिक अध्ययन गर्दा सुरुमै नकारात्मक सोच्नुहुँदैन, प्रारम्भिक छलफलमै पूर्वाग्रही भएर हेर्नुहुँदैन, हरेक पक्षलाई सकारात्मक हिसाबले हेर्दै लक्ष्यमा पुग्नुपर्छ”, वनमन्त्री ठकुरीले भने,“कतिपय सन्दर्भमा वन विकासको बाधक भयो भन्ने ढङ्गले कुरा उठ्छन् । वन कति उपयोगी छ भन्ने पनि हेर्नुपर्छ । वन विकास विरोधी हुनुहुँदैन, वन पनि जोगाउनुपर्छ, विकास पनि गर्नुपर्छ ।”
उनले प्रस्तावित विमानस्थल आयोजनाको वातावरणीय अध्ययनबाट आएको निष्कर्षलाई ध्यान दिएर काम गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । “कुनै पनि योजनाका राम्रा र नराम्रा पक्ष हुन्छन्, यसमा भएका नराम्रा पक्षलाई सुधार्न व्यापक बहस गरेर काम गरौँ । वातावरणीय अध्ययनबाट धेरै कुरा आएको छ, आयोजनास्थलमा पनि छलफल होला, राष्ट्र निर्माणमा हुने हरेक विकास निर्माणलाई सकारात्मक रूपले लिऔँ”, मन्त्री ठकुरीको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हरेक स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका आयोजना तथा परियोजनालाई सकारात्मक प्रभाव पर्नेगरी कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले प्रस्तावित विमानस्थल राष्ट्रिय रणनीतिक महत्वको प्रादेशिक विमानस्थल भएकाले आयोजनाको सम्भाव्यतालाई अझै ध्यान दिँदै व्यवस्थित बनाउनुपर्ने धारणा राखे । छलफलमा सहभागी डा विजय सिंहले आयोजना निर्माण गर्दा वातावरणीय पक्ष र अन्तर्राष्ट्रिय मूल्यमान्यताका साथै वातावरण संरक्षणसँग सम्बन्धित पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
पुल्चोक इन्जिनियर क्याम्पसका प्राध्यापक जगत श्रेष्ठले आयोजना निर्माणका क्रममा भएका स्रोतलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले आयोजनाको दिगोपनाका लागि आर्थिक, सामाजिक, पर्यावरणीय पक्ष र जनसङ्ख्याको अवस्थालाई ध्यान आग्रह गरे ।
नागरिक उड्डयन प्राधिकरणकातर्फबाट प्रस्तावित विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार सात सय मिटर हुने र एक सय ५० वटा जहाजसम्म अटाउने गरी व्यवस्थापन गर्न मिल्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: