Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा : अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाको चालु १६औँ अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदैछ ।  गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४० वटा बैठक बसी ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतीत गरेको छ । 

अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय भयो । उक्त शून्य समयमा ४४ जना  सदस्यले दुई घण्टा दुई मिनेट समय उपयोग गरेका थिए । यसअवधिमा १६ वटा बैठकमा विशेष समय भयो । विशेष समयमा ५२ जना सदस्यले २१ घण्टा ५६ मिनेट समय उपयोग गरे । यस अधिवेशनका एक बैठकमा प्रादेशिक सरोकार समय रह्यो । प्रादेशिक सरोकार समयमा ११ जना सदस्यले एक घण्टा २६ मिनेट समय उपयोग गरे । 

यस अधिवेशनको पाँच वटा बैठकमा आकस्मिक समय रहेकामा १२ जना  सदस्यले ४७ मिनेट समय उपयोग गरे । यसै अधिवेशनमा सभामा उठेका विषयको सरकारका मन्त्रीबाट समयमै जानकारी दिने र कर्णाली प्रदेशका भूकम्प प्रभावितका विषयमा सुझाव कार्यान्वयन गर्न चार पटक ‘रुलिङ’ भएको थियो । सरकारलाई संसद्प्रति जवाफदेही तुल्याउने महत्वपूर्ण औजारको रुपमा रहेको प्रश्नोत्तर कार्यक्रम सङ्घीय संसद स्थापना पछि राष्ट्रियसभामा पहिलो पटक यसै अधिवेशनमा सुरु भयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित एउटा लिखित प्रश्न र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित आठ वटा मौखिक प्रश्नोत्तरसभामा सञ्चालन भयो । यसै अधिवेशनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतले स्वीकृतसमेत गर्‍यो । अधिवेशनका क्रममा संवैधानिक व्यवस्था अनुरुप विभिन्न आयोगका वार्षिक प्रतिवेदनसमेत पेश भए । 

अध्यक्ष दाहालबाट सम्बोधन

अधिवेशन अन्त्यका क्रममा बैठकलाई त्यससम्बन्धी जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रदेशको न्यायोचित प्रतिनिधित्वसहित व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलतालाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको बताए । 

उनले भने, “स्थायी प्रकृतिको यो सभा उत्पीडित जातजाति, अल्पसङ्ख्यक समुदाय, उत्पीडित क्षेत्रलगायत सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि संविधानमा व्यवस्था भएअनुरुप यसलाई अझै सुदृढ, व्यवस्थित गर्न सभाको भूमिका अपरिहार्य छ ।”

अध्यक्ष दाहालले सभाले संविधान र कानुनको सीमाभित्र रहेर आफ्नो भूमिका प्रभावकारी बनाउने विषयमा निरन्तर पहल गर्दै आएको उल्लेख गरे । उनले भने, “बडादशैं, तिहार, छठ पर्व, नेपाल सम्वत्, इदलगायत सबै जातजातिका सांस्कृतिक पर्व र चाडपर्वका उपलक्ष्यमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: