Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपाङ्गता भएका बिरामीलाई बहिरङ्ग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

त्यस्तै सरकारको स्वास्थ्य बीमामा आबद्ध भएको, विपन्न नागरिक औषधि उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखी उपचार सेवा उपलब्ध हुने र ती सुविधा सकिएपछि मात्र यो सम्झौता अनुसारको सुविधा लागू हुनेसमेत उल्लेख छ । यो सम्झौता आजका मितिदेखि आगामी असार मसान्तसम्म कायम रहने भएको छ । त्यसपछि आपसी सहमति र प्रभावकारी हेरी पुनः सम्झौता गर्न सकिनेसमेत जनाइएको छ । 

बिरामीको उपचार गर्दा भने विशेष ध्यान दिइ सहयोगीसहित सेवा दिनेसमेत उल्लेख रहेको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । सो सम्झौता कार्यक्रममा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं अभिनेत्री रेखा थापाले केएमसीले पूण्य काम गरेको भन्दै खुशी लागेको बताइन् । उनले मोरङ ३ मा डा. शर्माले गरेको योगदानप्रति आफूले पनि गर्व गरेर मेरो क्षेत्रको सांसद भनेर गौरव गर्ने गरेको बताइन् । 

डा. शर्मालाई हेर्दै उनले शर्माविरुद्ध प्रतिनिधि सभाको निर्वाचनमा चुनावमा लडेको भए पनि शर्माले गरेको काम भने सधै प्रशंसायोग्य भएको बताइन् । त्यस्तै डा. शर्माले यो आफूहरुको सामाजिक उत्तरदायित्व भएको भन्दै अपाङ्गता भएकाहरुलाई सहयोग गर्न पाउनु एउटा पूण्यको काम पनि भएको बताए । उनले आगामी समयमा थप सहयोग पनि गर्ने बताए । 

त्यस्तै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य चम्लागाईले यो सम्झौतासँगै देशभरका लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सबै सदस्यले सुविधा पाउने बताए । उनले केएमसीसँगै डा. शर्माप्रति आभार व्यक्त गर्दै यो अभियान डा. शर्माका अन्य अस्पतालमा पनि सम्झौता गर्ने बताए । त्यस्तै अन्य अस्पतालहरुसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाउने चम्लागाईले जानकारी दिए । 

अपाङ्ग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले यो सहमतिले अपाङ्गता भएकाहरुलाई जीउन थप उर्जा मिलेको बताए । उनले अपाङ्गता भएकाहरुले अस्पतालमा पुगेर टिकट काट्ने स्थलसम्म पुग्न नसकेको अवस्थामा अबदेखि भने उपचारको अभावमा मृत्युवरण गर्न नपर्ने बताए । उनले सरकारी अस्पतालमा केही सीमित छुट दिएको भए पनि केएमसीले देखाएको सदासयता भने अब देशभरकै अस्पतालमा अभियानका रुपमा लिएर जाने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: