Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

झापाका वामपन्थी नेता कन्दङ्वासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

खबरडबली संवाददाता

झापा । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहेका थिए । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बु,सेखर लामिछाने विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव, मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्य प्रसाद खनाल, अनिता गिरि, राखेक दर्नाल, अभिशेष कालिकोटे,टिका अधिकारी, पुजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल,भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणी खनाल, विनोद ढकाल,सिता श्रेष्ठ लगायत रहेका छन् । 

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् । प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेता रहेका छन् । त्यसैगरी, जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)मा समायोजन भएका छन् ।

माओवादी केन्द्र प्रवेश गर्नुभएका कन्दङ्वा जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण संभव भएको बताए । उनले माओवादीसित एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: