Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नीतिगत सुधारको पक्षमा कृषि मन्त्रालयः मन्त्री अधिकारी

खबरडबली संवाददाता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र कृषकका पक्षमा बाधक देखिएका ऐन, नियम संशोधन गरी कृषकमैत्री कानुन ल्याउन लागेका  बताएका छन् । 

धादिङ टोखा समाजद्वारा शनिबार  आयोजित ‘कृषि क्षेत्रको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा समयसापेक्षरूपमा ऐन, कानुनसहित नीतिगत व्यवस्था सुधार गरी कृषि क्षेत्रमा यथासक्य चाँडो सकारात्मक परिवर्तन गर्न चाहेको स्पष्ट गरे । 

मन्त्री पदमा नियुक्त भएको दुई महिनाको यस अवधिमा मुलुकका कृषक प्रतिनिधि, कृषि व्यवसायी, विज्ञ एवं कर्मचारी, पत्रकारलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल, अन्तरक्रिया गरी रायसुझाव सङ्कलन गरेको जानकारी दिँदै मन्त्री अधिकारीले भने, “खेतीपातीबाहेक अर्को कुनै पेसा–व्यवसाय नभएको धादिङे कृषक परिवारको सदस्य अहिले कृषिमन्त्री भएको छ, आफैँ कृषक भएकाले कृषि क्षेत्रका बारेमा केही हदसम्म जानकार छु, सरोकारवाला भएकाहरूबाट प्राप्त राय–सुझावलाई समेत समेटेर आमजनताले महसुस गर्नेगरी काम गर्नेछु ।”

मन्त्री अधिकारीले देशभरका कृषियोग्य जमिनको सदुपयोग गर्ने, कृषि अनुदानलाई व्यवस्थित, पारदर्शी र कृषकमैत्री बनाउने, बाँदर, हात्तीलगायत जङ्गली जनावरको समस्या समाधान गरी पीडित एवं प्रभावित किसानजनलाई राहत दिने, रासायनिक मल ल्याउने हालको समयसीमा कम्तीमा आधाले घटाउने, गुणस्तरीय बीउबिजन तथा कृषि सामग्रीको व्यवस्था गाउँ तहमा पुर्‍याउने तथा विचौलियका कारण कृषक एवं उपभोक्ता ठगिन परेको भन्ने आमगुनासो अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा वक्ताले कृषि क्षेत्रमा विचौलिया हावी भएकाले त्यसको अन्त्य गर्ने, दुग्ध तथा उखु किसानको समस्या समाधान गर्ने, पालिका तहमा चिस्यान केन्द्र स्थापना गर्ने, स्वदेशमै रासायनिक मल उत्पादन गर्ने, उन्नत जातका बीउबिजनको व्यवस्था गर्ने, कृषि अनुदानलाई पारदर्शी एवं कृषकमैत्री बनाउने, आधुनिक खेती प्रणालीमा जोड दिने, जग्गा चक्लाबन्दी गरी कृषिजन्य फसलको उत्पादकत्व वृद्धि गर्ने, बजारलाई समेत दृष्टिगत गरी भूगोल र हावापानी सुहाउँदो खेती प्रणाली अवलम्बन गर्नेतर्फ मन्त्रालयको ध्यान जानुपर्ने सुझाव दिए । 

समाजको संयोजक गोकर्ण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ–खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङ, टोखा नगरपालिका–७ का अध्यक्ष नरोत्तम राना र वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेल, साउथवेस्टर्न कलेजका उपप्रमुख हरिसिंह केसी, राजनीतिक तथा सामाजिक अभियान्ता वासु तिमिल्सिना, अधिवक्ता दुर्गाप्रसाद अर्याल, प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसन, नेपालका अध्यक्ष लक्ष्मण केसी, वरिष्ठ इन्जिनियर मेघनाथ थपलियालगायतका वक्ताले आवश्यक नीति तथा कार्यक्रमसहित आमजनताले महसुस गर्नेगरी कामकाज गर्न कृषिमन्त्री अधिकारीको ध्यानाकर्षण  गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: