Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताएका छन् ।

नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा उनले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री कार्कीले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरूलाई आग्रह गर्दै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा आउने प्राकृतिक विपद्, आगलागीलगायत घटनाका समयमा जनधनको संरक्षण गर्न योगदान पुर्‍याउन आग्रह गरे । 

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालय वरिपरि धुम्रपान, मदिराको बिक्री वितरण रोक्न आवश्यक अनुगमनका लागि निर्देशनसमेत दिए । सरकारले दुई/तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे । 

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, वचन र कर्मले राष्ट्र निर्माणमा जुट्न आग्रह गर्दै विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा स्काउटका बालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending