Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भ्रष्टाचारविरूद्ध कठाेर कदम चालेपछि सरकार ढाले: प्रचण्ड

खबरडबली संवाददाता

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कठाेर कदम चालेपछि सरकार ढालेकाे बताएका छन् । 

मोरङको ग्रामथानस्थित नेताचाेकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताएका हुन् ।

यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको उनले जानकारी दिए । उनले इटाली र राष्ट्र संघकाे महासभामा गरेको सम्बोधनको विश्वमा चर्चा भएको दाबी गर्दै जसले नेपालको छविमा सुधार आएको उनको दाबी थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएकाे उनले आरोप लगाए । तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको साताे अझै नफर्किएको दाबी गरे । अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप लगाए । 

पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।

उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्‍याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरुद्धमा काम गरेकै कारण माओवादी ठुलो पार्टी बन्नै पर्ने उनले बताए । 

अहिलेको सरकार भ्रष्टाचारको भयबाट बनेको र छुट्टयाइएको बजेट पनि दुरुपयोग हुनसक्ने बताए । दुई तिहाइको सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेको भन्दै उनले शतप्रतिशत मत ल्याएको सद्दाम हुसेनकाे उदाहरण हेर्न सुझाव दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending