Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु

खबरडबली संवाददाता

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । 

मेडिकल कलेजले सो अस्पताल निर्माणका लागि शुक्रबार भवन शिलान्यास तथा भूमि पूजन सम्पन्न गरेर शनिबारबाट निर्माण सुरु गरेको हो । यसअघि शिलान्यास कार्यक्रममा बाेल्दै मेडिकल कलेजका सञ्चालक कुमारप्रसाद अर्यालले एक अर्बभन्दा बढी लगानीमा क्यान्सर अस्पताल निर्माण सुरु गरिएको बताउँदै अब बाँके मै क्यान्सरको अति नै गुणस्तरीय उपचार हुने जनाए । 

उनले सो अवसरमा पश्चिम नेपालकै सर्वोत्कृष्ट भवन निर्माणसँगै गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे । सञ्चालक अर्यालले थपे, ‘‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सरसम्बन्धी रोगको सेवा दिइरहेका छौँ, अब त्यसलाई छुट्टै भवनबाट एकीकृत रूपमा विशिष्ट सेवा दिने छौँ ।’’

निर्माण सुरु गरिएको भवनबाट अबको दुई वर्ष भित्रमै बिरामीलाई सेवा दिने गरी काम अघि बढाइएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । निजी क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका बिरामीहरूलाई सुविधा सम्पन्न ‘क्यान्सर अस्पताल’को निर्माण सुरु गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए । 

उनले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा आउँदो महिनादेखि मुटुरोसम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा सुरु हुने तयारी रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending