काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको हाे ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।
नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । बैठक स्रोतका अनुसार आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । ‘प्रधानन्यायाधीश बाहेक अरु सिफारिसमा छलफल भएन, त्यसैमा केन्द्रीत भयो । तर आज कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८२ - २१:०९
काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टो...
आषाढ़ ६ गते, २०८२ - २१:०१
काठमाडौं । नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना पूर्वप्रधानमन्त्री एव...
आषाढ़ ६ गते, २०८२ - २०:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथम...
आषाढ़ ६ गते, २०८२ - २०:४०
काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जना...
आषाढ़ ६ गते, २०८२ - २०:३७
पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटी आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमा...
आषाढ़ ६ गते, २०८२ - २०:३१
सिराहा । हुलाकी राजमार्गअन्तर्गत सिराहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एक–आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । सिराहा नगरपालिका– १८ स्थित हुल...
आषाढ़ ६ गते, २०८२ - २०:२३
लमजुङ । लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बि...
आषाढ़ ६ गते, २०८२ - २०:१५
काठमाडौं । सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधि...
आषाढ़ ६ गते, २०८२ - २०:११
जेरुसेलम । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्या...
आषाढ़ ६ गते, २०८२ - १९:०८
याङगुन । म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८० औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाएकी छिन् । हिरासतमा उनले आफ्नो बाँ...
प्रतिकृया लेख्नुहोस्: