कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।
न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा २६६ र कञ्चनपुरमा ३६६ घर निर्माण गरिएको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।
यसैगरी, बर्दगोरिया गाउँपालिकामा २४, गौरीगंगा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए । यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा १११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार ६०५ घर संघीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएका १११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उनले बताए । घर निर्माणका लागि प्रतिपरिवार रु. तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इन्जिनियर अधिकारीले बताए ।
आव ०७५/७६ देखि आव ०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् । आव ०८०/८१ मा जनता आवासका लागि कैलालीमा रु. चार करोड ३३ लाख र कञ्चनपुरमा रु. चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो । जनता आवासका लागि चालू आवमा संघीय सरकारबाट बजेट उपलब्ध नभएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: