Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

खबरडबली संवाददाता

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबीच केही हप्ता पहिलले रक्षा सम्झौता भएको थियो । 

मस्कोले युक्रेनमा ३० महिनाभन्दा बढी समयदेखि जारी रहेको आक्रमणलाई निरन्तरता दिन गोलाबारुदको खोजी गरिरहेको र पश्चिमा मुलुकहरूले प्योङयाङले मस्कोमा हतियार पठाएको आरोप लगाइरहेका बेला रूसको सुरक्षा परिषद्का प्रमुख शोइगुको उत्तर कोरिया भ्रमण भएको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा उत्तर कोरियाको भ्रमण गरेको थियो र उत्तर कोरियासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो । रूसी सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा भनेको छ, “राष्ट्रपति भ्लादिमिर पुटिनको राजकीय भ्रमणका क्रममा दुई देशका नेताबीच भएको सम्झौताअनुरुप प्योङयाङमा एक विशिष्ट विश्वासिलो र मैत्रीपूर्ण वातावरणमा भेटवार्ता भएको छ ।”

सोइगु र किमको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ । शोइगुले मे महिनासम्म रूसको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेको थियो । पश्चिमा मुलुक र दक्षिण कोरियाले रूस उत्तर कोरिया सम्झौताको निन्दा गरेका छन् भने युक्रेनले युद्धभूमिमा उत्तर कोरियाली वम फेला परेको बताएको छ । रूस र उत्तर कोरिया विश्वमा सबैभन्दा बढी प्रतिबन्धलगाइएका मुलुक हुन् ।

तत्कालिन सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सघाएपछि नै मस्कोको प्योङयाङसँग ऐतिहासिक सुमधुर सम्बन्ध छ । सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि मस्कोले सम्बन्धलाई थप गहिरो बनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending