कपिलवस्तु । कपिलवस्तुमा जापानिज इन्सेफ्लाइटिसबाट एक किशोरको मृत्यु भएको छ । इन्सेफ्लाइटिसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका रामसहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारूको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरस्थित एक निजी विद्यालयमा अध्ययनरत गुरुको काठमाडाैंस्थित न्युरो अस्पतालमा उपचारका क्रममा १० दिनअघि मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायणप्रसाद चौधरीले बताए । उच्च ज्वरो आएर बेहोस अवस्थामा पुगेपछि १५ दिनअघि गुरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ १३ दिन उपचार गरे पनि सुधार नआएपछि थप उपचारका लागि न्युरो अस्पताल काठमाडौं लगिएको र लगेको ३ दिनपछि छोराको मृत्यु भएको बुवा रामसहायले बताए ।
जिल्लामा चालू आर्थिक वर्षभित्र जापानिज इन्सेफ्लाइटिसका ५ संक्रमित भेटिएको बताइएको छ । शुद्धोदन गाउँपालिकामा ३ वर्षीया बालिका, मायादेवी गाउँपालिकामा ३ वर्षीय बालक, कृष्णनगर नगरपालिकामा १५ वर्षीय किशोर र कपिलवस्तु नगरपालिकामा ५ वर्षीय बालकमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । पाँचमध्ये एकजनाको मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - २०:०५
बारा । बाराको जितपुर-सिमरा उपमहानगरपालिका, ५ बकुलिया खेल मैदानमा भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु ह...
आश्विन २२ गते, २०८१ - २०:०१
काठमाडौं । पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । असोज २० गते ब...
आश्विन २२ गते, २०८१ - १९:५६
काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेको छ । घरेलु मैदानमा जारी टेस्टको दोस्रो दिन पाकिस्तानले तीन खेलाडीको शतक...
आश्विन २२ गते, २०८१ - १९:५३
काठमाडौं । जम्मु कश्मिरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको...
आश्विन २२ गते, २०८१ - १९:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् । लगानी बोर्डको ५९औँ ...
आश्विन २२ गते, २०८१ - १९:४६
काठमाडौं । यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-...
आश्विन २२ गते, २०८१ - १९:४३
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प...
आश्विन २२ गते, २०८१ - १९:१८
सिन्धुपाल्चोक । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेली...
आश्विन २२ गते, २०८१ - १९:१४
बाँके । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ । चिकित्सा विज्ञ...
आश्विन २२ गते, २०८१ - १८:४२
काभ्रे । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय...
प्रतिकृया लेख्नुहोस्: