भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरबाट सञ्चालित निओ फ्युजन बाजा समुहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समुहको दिक्षान्त (पिधानेगु) विहीबार सम्पन्न भएको छ ।
जम्मा धिमे र धाँ बाजामा १९/१९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएका हुन् । बाजा समूहका अध्यक्ष सबिन लेबाले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।
धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेकोले सिकेको बताए । साथै बुबाको इच्छा पुरा गर्न पनि आफूले बाजा सिकेको उनी बताउँछन् । कोजु भन्छन्, अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु ।
त्यस्तै धाँ को नकिंग (उपविजेता) बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । त्यस्तै धिमेका नाय (विजेता) प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए ।
तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ । निओ फ्युजन बाजा समूह २०७६ मा स्थापना भएको हो । अहिलेसम्म ६ सय जना प्रशिक्षार्थीले बाजा सिकेको संचालक बालकृष्ण बनामाला बताउँछन् । धाँ, धिमे, बासुरी, पछिमा, पोङ्गा, लालाखिंङ्गलगायतका बाजागाजा प्रशिक्षण दिने गरेको जनाइएको छ । प्रत्येक वर्ष कम्तीमा हरेक बाजाको दुई दुई समूहलाई प्रशिक्षण दिँदै आएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: