रौतहट । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै गरेको राजदूत नियुक्तिको माग गर्दै जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
पार्टीको निर्धारित कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो । नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदुत नियुक्ति संबिधानको मर्म तथा भावना बिपरित रहेको र सरकारले बिगतमा गरेको सम्झौताको मजाख उडाएकाले बदरको माग गर्दै ज्ञापन पत्र बुझाइएको जसपा रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन् ।
सहायक सिडिओ नरेश प्रसाद यादवलाइ बुझाइएको ज्ञापन पत्रमा राजदुत नियुक्ती अविलम्ब खारेज गरी समानुपातिक समाबेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः नियुक्ती गर्न माग गरिएको छ । बर्तमान सरकारले एउटै समुदायका व्यक्तिलाई राजदुतमा नियुक्ती गरेर एकल जातीय राज्य बनाउने दुरसाहस गरेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ ।
समाबेशी सिधान्तको आधारमा राज्यको हरेक अंग, तह, र निकायमा मधेशी, जनजाती, दलित, महिला, थारु, मुस्लिम, पिछडा बर्ग लगायतका समुदायको समानुपातिक समाबेशी सिधान्तमा आधारित संबैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो बिपरित नेपाल सरकारले असमाबेशी असंबैधानिक राजदुत नियुक्ती गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
२०६४ भाद्र १३ गते तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुन्दे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार बीच भएको ८ बुन्दे सम्झौता अनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदुत न्युक्तिमा सम्झौता बिपरित रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्रीलाइ बुझाइएको ज्ञापन पत्रमा मधेश कृषि बिश्व बिधालय राजविराज र मधेश बिश्व बिधालय बिरगंजलाइ प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०८१/ ०८२ मा विनियोजन गरिएको १० लाख रुपैयाँ अपुग रहेको तथा खिल्ली उडाउने काम भएको भनिएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, गरुडाका मेयर प्रत्याशी अनिल कुमार यादव,बिश्वनाथ पटेल, किरण ठाकुर, बिरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, बिधार्थी नेता ललन यादव, पुनित पटेल, आशिस लामा सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: