Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजदुत नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

खबरडबली संवाददाता

रौतहट । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै गरेको राजदूत नियुक्तिको माग गर्दै जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।

पार्टीको निर्धारित कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो । नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदुत नियुक्ति संबिधानको मर्म तथा भावना बिपरित रहेको र सरकारले बिगतमा गरेको सम्झौताको मजाख उडाएकाले  बदरको  माग गर्दै  ज्ञापन पत्र बुझाइएको जसपा रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन् । 

सहायक सिडिओ नरेश प्रसाद यादवलाइ बुझाइएको ज्ञापन पत्रमा राजदुत नियुक्ती अविलम्ब खारेज गरी समानुपातिक समाबेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः नियुक्ती गर्न  माग गरिएको छ । बर्तमान सरकारले एउटै समुदायका व्यक्तिलाई राजदुतमा नियुक्ती गरेर एकल जातीय राज्य बनाउने दुरसाहस गरेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ । 

समाबेशी सिधान्तको आधारमा राज्यको हरेक अंग, तह, र निकायमा मधेशी, जनजाती, दलित, महिला, थारु, मुस्लिम, पिछडा बर्ग लगायतका समुदायको समानुपातिक समाबेशी सिधान्तमा आधारित संबैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो बिपरित नेपाल सरकारले असमाबेशी असंबैधानिक राजदुत नियुक्ती गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

२०६४ भाद्र १३ गते तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुन्दे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार बीच भएको ८ बुन्दे सम्झौता अनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदुत न्युक्तिमा सम्झौता बिपरित रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्रीलाइ बुझाइएको ज्ञापन पत्रमा मधेश कृषि बिश्व बिधालय राजविराज र मधेश बिश्व बिधालय बिरगंजलाइ प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०८१/ ०८२ मा विनियोजन गरिएको १० लाख रुपैयाँ अपुग रहेको तथा खिल्ली उडाउने काम भएको भनिएको छ । 

ज्ञापन पत्र बुझाउने टोलीमा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, गरुडाका मेयर प्रत्याशी अनिल कुमार यादव,बिश्वनाथ पटेल, किरण ठाकुर, बिरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, बिधार्थी नेता ललन यादव, पुनित पटेल, आशिस लामा सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: