Ntc summer Offer
Khabar Dabali २७ असार २०८२ शुक्रबार | 11th July, 2025 Fri
Investment bank

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

खबरडबली संवाददाता

काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो । 

भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए । नेपालका हङ्गेरीको राजदूतावास छैन । खेलाडीभन्दा बढी पदाधिकारी देखिएका कारण यसअघि नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्किार गरेको थियो । 

४५औँ ओलम्पियाड बुधबार देखि नै हङ्गेरीको बुढापेष्टमा सुरु भएको छ । नेपालका धेरै खेलाडी र अफिसियलले भाग लिन नपाए पनि अष्ट्रेलियाबाट बुढापेष्ट पुग्नुभएका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासङ्घले जनाएको छ । 

ओलम्पियाडमा सहभागी हुन नेपालीस् हेड अफ डेलिगेट्सको रूपमा महासङ्घका अध्यक्ष हेराकाजि महर्जन, महासचिव धरम बहमदुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार हङ्गेरी जाने टोलीमा थिए । 

यस्तै पुरुष खेलाडीहरूमा राजन सुवेदी, सिएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी, सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ थिए । महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए । 

यस्तै हङ्गेरी जाने टोलीमा महासङ्घका पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौं जिल्ला बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाल र पत्रकार प्रदीप कुमार लेखीको पनि नाम थियो । तर भारतमा समेत हङ्गेरीको भिसा नपाएपछि नेपालका केही पदाधिकारी भारतबाटै नेपाल फर्किएको महासङ्घले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाल...

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालि...

नेसपाका १५ जना माओवादीमा वैकल्पिक केन्द्रीय सदस्य हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका १५ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने भएको छ ।  बिहीबार पार्टी केन्द्रीय का...

मकवानपुरमा एक पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ स्थित जिरोथु...

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।   बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको ...

अवैध लागूऔषध अफिम सहित एक जना पक्राउ

सुर्खेत । भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । अफिम जस्तो देखिने पदार्थ  करिब ५ किलो ५ सय ४० ग्राम स...

चीनको केरुङमा अलपत्र ९१ नेपालीको उद्धार

रसुवा । भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन् ।  स्याफ्रुबेँसी–र...

काठमाडौँको बौद्धमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ । काठमाडौं प्रहरी परि...

साउनकाे पहिलाे हप्ता माओवादीकाे स्थायी समिति बैठक बस्ने

काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रले साउनकाे पहिलाे हप्ता स्थायी समिति बैठक बोलाएको छ ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदा...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु, अर्का गम्भीर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending