खोटाङ । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बंसिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न माग गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बंसिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न स्थानीय जनप्रतिधिले माग गरेका हुन् । यसका लागि मन्त्रालय सकारात्मक रहेको जनाइएको छ ।
लामो समयदेखि झोलुंगे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बंलिघाटमा बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुंगा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच हालै छलफल भएको छ ।
जनप्रतिनिधिबीच भएको भेलाले बेलिब्रिज जडानका लागि तत्काल आवश्यक समान बंसिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णय गरिएको छ । यसअघि खोटाङबाट पूर्वीसहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजका सामान बंसिलाघाटमा राख्ने तयारी सुरु गरिएको जनाइएको छ ।
दुई जिल्लाका जनप्रतिनिधिबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुंगा गाउँपालिकाका प्रमुख करुणा राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्ष, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीय सहभागी भएका थिए ।
बङ्सिलाघाटमा २०७५ सालमा एक करोड ४३ लाख लागतमा निर्माण गरिएको दुई सय ३५ मिटर लामो झोलुंगे पुल सञ्चालनमा छ । वारिपारि दुवैतर्फ कच्ची सडक निर्माण गरेर सञ्चालन गरिएको बंसिलाघाटमा भ्याटसहित १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँ लागतमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल अलपत्र अवस्थामा छ ।
बंसिलाघाटमा निर्माण गरिने पक्की पुलका लागि निर्माण कम्पनीले २०७९ साल मंसिर १ गते सडक विभागसँग निर्माणको सम्झौता गरेको थियो । यद्यपि, ३३ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको मोटरेबल पक्की पुलको काम अहिलेसम्म करिब २५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ ।
तत्कालीन परराष्ट्रमन्त्री डा.नारायण खड्काले २०७९ साल पुस १ गते शिलान्यास गरेको पुल निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । बंसिलाघाटमा निर्माणाधीन मोटरेबल पुलमा ठेकेदारको ढिलासुस्तीले समस्या भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ ।
मोटरेबल पक्की पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेपछि मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: