तनहुँ । जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधी अभाव भएको छ । औषधी खरिदको बजेट धेरै कटौती हुँदा अभाव भएको केन्द्रले जनाएको छ । औषधीको अभावले गर्दा बिरामीहरु रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता भएको छ ।
बिरामीको सङ्ख्यामा वृद्धि भइरहेकोले औषधीको लागि रकम थप गर्नुपर्नेमा पहिला भन्दा आधा भन्दा पनि कम रकम पठाएकोले अभाव झेल्नु परेको केन्द्रका प्रमुख डा.नारायण श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९-८० मा वर्षिक रुपमा औषधी खरीदको लागि १८ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८०-८१ मा आठ लाख १० हजार र चालु आर्थिक वर्ष २०८१-०८२ मा आठ लाख रुपियाँ मात्रै पठाएकोले औषधीको अभाव भएको छ ।
डा.श्रेष्ठले भने, "बिरामी झण्डै दोब्बर बढेकाले ३६ लाख रुपियाँ विनियोजन गर्नुपर्ने आठ लाख मात्रै विनियोजन गर्दा समस्या परेको छ ।" अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिने बिरामी आउने केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बेला औषधी अभाव हुँदा समस्या परेको बताउँछन् । चापागाईले भने, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका बिरामीलाई पनि निको बनाएर पठाएकाले बिरामी चाप बढेको छ तर औषधीको समस्या हुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ ।"
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: