Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

अखिल (क्रान्तिकारी) मोरङ अध्यक्षमा सरोज राई निर्वाचित

खबरडबली संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । 

मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । 

उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने । यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई, दर्शन साह पराजित भएका छन् । महिला सहसचिवमा भने रविना चौधरी सर्वसम्मत चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा किर्तिका खनाललाई पराजित गर्दै शितल दर्नाल निर्वाचित भएकी छिन् ।

सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति हुन नसकेपछि आइतबार अवेर निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतपरिणाम आइतबार राती नै सार्वजनिक भएको हो । मोरङका १७ वटै पालिकाबाट सहभागी मतदाता १४२ मतदातामध्ये १३५ जनाले मतदान गरेको अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए । 

५१ सदस्यीय समितिमा ४२ जना कार्यसमिति सदस्यहरुको छनौट भने भएको छैन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: