Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ: महर

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन् । १११औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘विपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन् । 

‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी कांग्रेसले सांगठनिक अभियान चलाउने निर्णय गरेको छ । अभियानमा पार्टी संगठनमा ताजकी ल्याउनका साथै विचार र आचारणको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भने । 

भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताए । ‘कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख दल सैद्धान्तिक रुपमा फरक भए पनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ । कांग्रेस अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ,’ उनले भने ।

विपी कोइरलाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको उनले स्मरण गरे । तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराउँदै गएको उनको टिप्पणी छ । 'पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो । जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौं कि छैनौं भन्ने मूल प्रश्न हो । हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने ।

नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको संगठनमा जागरणको खाँचो महरले औंल्याए । ‘पुराना दल सबै खराब हुन् भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ । त्यसलाई चिर्नु आजको चुनौती हो । यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ । सत्तामा भएका साथीले कामबाट यसको जवाफ दिनुपर्छ,’ उनले भने । नयाँ राजनीतिक दल स्थापनाको दुई वर्षमै नांगिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: