काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताएका छन् । १११औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘विपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताएका हुन् ।
‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी कांग्रेसले सांगठनिक अभियान चलाउने निर्णय गरेको छ । अभियानमा पार्टी संगठनमा ताजकी ल्याउनका साथै विचार र आचारणको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भने ।
भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताए । ‘कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख दल सैद्धान्तिक रुपमा फरक भए पनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ । कांग्रेस अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ,’ उनले भने ।
विपी कोइरलाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको उनले स्मरण गरे । तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराउँदै गएको उनको टिप्पणी छ । 'पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो । जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौं कि छैनौं भन्ने मूल प्रश्न हो । हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन भन्ने हेक्का राख्नुपर्छ,’ उनले भने ।
नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको संगठनमा जागरणको खाँचो महरले औंल्याए । ‘पुराना दल सबै खराब हुन् भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ । त्यसलाई चिर्नु आजको चुनौती हो । यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ । सत्तामा भएका साथीले कामबाट यसको जवाफ दिनुपर्छ,’ उनले भने । नयाँ राजनीतिक दल स्थापनाको दुई वर्षमै नांगिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: