Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । मेला नेपालीहरुको महान पर्व शुभविजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्टको व्यवस्थापनमा हुन लागेको हो । 

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गते तवानुसार सन् २०२४ को सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म (११ विवसीय) हुन लागेको हो । त्यस अनुसार भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ आयोजना गर्ने तयारी गरेको सोमबार आयोजित पत्रकार सम्मेलन गरी जनाइयो । 

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको रहेको जनाएको छ ।

पत्रकार सम्मेलनका आयोजक भक्तपुर चेम्वरका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर जिल्ला ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र भएको शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित बस्ती विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको बताए । यस जिल्ला राजधानी उपत्यकाको एक प्रमुख व्यवसायिक केन्द्रको रुपमा विकसित भएको छ, उनले सम्मेलनमा भने । यस अर्थमा यस क्षेत्रका उत्पादनहरुको बजारीकरण र यहाँको व्यवसायिक सम्भावनाहरुको उजागर गर्नमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको छ, उनले भने । 

सम्मेलनमा मेला संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए । औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धमा सामिप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुर्‍याउने उनले बताए ।

दशैको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरु सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाइएको छ । महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तया निर्माण सामाग्री, बैंक तथा वित्तिय संस्था, अटोमोवाइल्स् लगायत रोजगार बाता निकायका गरी १५० भन्दा बढी स्टलहरु रहने छन् ।

महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, डागन रेल, नाउ, बोटिङ, बाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइयो ।
महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने व्यवस्थापक संगम लामाले बताए । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने उनले जनाए । 

११ दिनको उक्त महोत्सवमा एकलाख रुपैयादेखि १८,५००० सम्म स्टल भाडा हुने जनाइयो । महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोवार हुने अनुमान रहेको छ ।

महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

महोत्सवलाई भव्य र सभ्य बनाउन पत्रकार महोदयहरुको महत्वपूर्ण भूमिका रहने हाम्रो पम्याई रहेको भन्दै सहयोगका लागि आग्रह गरियो । कार्यक्रमको सञ्चालन भक्तपुर चेम्वर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले गरेका थिए । सम्मेलनमा निवर्तमान अध्यक्ष न्हुछें मानन्धरको पनि उपस्थिति रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending