महोत्तरी । महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गौशालाकाअनुसार ट्याक्टरले किचेर गौशाला–३ ईंटाटारकी आठ वर्षीया जोयाकुमारी महतोको मृत्यु भएको हो । सँगै रहेकी ६ वर्षीया हंसिकाकुमारी महतो र १२ वर्षीय सुरजकुमार महतो घाइते छन् ।
घाइतेको हात र दाहिने खट्टामा चोट लागेको छ । घाइते बालबालिकाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्यबहादुर रानाकाअनुसार एउटै साइकलमा चढेर विद्यालयतर्फ जाने क्रममा उनीहरूलाई गौशाला नगरपालिकाको सुर्ती विकाश चोकबाट ईंटाटारतर्फ जाँदै गरेको ज २ त २० नम्बरको ट्याक्टरले धक्का दिएको थियो ।
सुरुमा सामान्य घाइते बालिका जोयालाई चालकले ट्याक्टर ब्याक गरेर मारेको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि घटनास्थल केही समय तनावग्रस्त बनेको थियो । दुर्घटना लगत्तै ट्याक्टर चालक प्रेमचन्द्र महतो केही बेर फरार रहेपनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: