Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कोशी प्रदेशलाई आर्युवेदकाे मुख्य केन्द्र बनाइने

खबरडबली संवाददाता

दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आर्युवेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताएका छन् । 

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको अन्तरंग, ईसिजि, एक्स रे लगायतका सेवा विस्तारको आइतवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । "हामी आर्युवेद अस्पतालको सेवा विस्तारसँगै आर्युवेद क्षेत्रको समग्र विकासका लागि आवश्यक नीति नियम र कार्यक्रम बनाउन कार्यदल बनाएर काम अघि बढाईसकेका छौं", कार्कीले भने । कार्यदलले दिएको सुझावको आधारमा आर्युवेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले निर्णय लिने पनि उनले जनाए । 

प्रादेशिक आर्युवेद अस्पतालले कम जनशक्ति भएपनि गुणस्तरीय सेवा प्रदान गरिरहेको पाएको बताउँदै यस अस्पतालको स्तरउन्नती र विकासका लागि प्रतिष्ठानको रुपमा लैजान काम थालिसकेको जानकारी दिए । "यो अस्पताल आफैं सक्षम बन्ने किसिमको योजना अनुसार अघि बढ्नुपर्छ", उनको सुझाव थियो । 

अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्नका लागि विज्ञहरुको कार्यदलले काम गरिरहेको भन्दै औषधी उत्पादन, प्रशोधन र उपयोगका लागि समेत योजना बनाएर अघि बढ्दा प्रदेश सरकार सधै साथमा रहेको मुख्यमन्त्री कार्कीले बताए । "आर्युवेदको मुख्य हवको रुपमा यस अस्पतालको विकास गर्छौं", कार्कीले भने । 

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनशक्ति अभावलाई पुर्ति गर्नका लागि आवश्यक कदम चालिने बताए । अस्पतालमा जनशक्ति अभावमा सेवा विस्तारमा कठिनाइ भएको विषयमा जानकार भएको बताउँदै चाँडै जनशक्ति व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: