सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ । खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो ।
जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी, तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठुलोमात्रामा गाँजा खरिदगरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउछन् । सिरहा प्रहरीले आजमात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएको थियो । तीन दिनमा प्रहरीले पाँच क्विन्टलबढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। एकैगाँउबाट यति ठुलो परिमाणमा गाँजा बरामद हुनुलेपनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ ।
गत २१ गते शुक्रबार गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।
प्रहरीले शुक्रबार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजा सहित अनुसन्धानकालागी एक जना गरी चारजनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए ।
उनले भने, ‘आज प्रक्राउ गरेको व्यक्ति अहिले अनुसन्धान भैईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए । उनले, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए । प्रहरीले शुक्रवार पक्राउ परेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सिरहामा अहिले भारतीय र नेपाली समेत शक्रिय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले वरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दाबढी प्रतिवन्धित लागुऔषध गाँजा भित्रयाईएको छ । यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्राेतकाे दाबी छ । खरिद गरिएको गाँजा भरीया, स्कुल वस र एम्वुलेन्समा प्रहरीकै सेटिङमा भारत वजार सम्म पुग्ने गरेको स्रोतको भनाई छ । सिरहामा करिव १५ वर्ष उमेर देखी ३५ वर्ष उमेर समुहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: