सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ । खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो ।
जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी, तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठुलोमात्रामा गाँजा खरिदगरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउछन् । सिरहा प्रहरीले आजमात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएको थियो । तीन दिनमा प्रहरीले पाँच क्विन्टलबढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। एकैगाँउबाट यति ठुलो परिमाणमा गाँजा बरामद हुनुलेपनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ ।
गत २१ गते शुक्रबार गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।
प्रहरीले शुक्रबार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजा सहित अनुसन्धानकालागी एक जना गरी चारजनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए ।
उनले भने, ‘आज प्रक्राउ गरेको व्यक्ति अहिले अनुसन्धान भैईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए । उनले, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए । प्रहरीले शुक्रवार पक्राउ परेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सिरहामा अहिले भारतीय र नेपाली समेत शक्रिय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले वरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दाबढी प्रतिवन्धित लागुऔषध गाँजा भित्रयाईएको छ । यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्राेतकाे दाबी छ । खरिद गरिएको गाँजा भरीया, स्कुल वस र एम्वुलेन्समा प्रहरीकै सेटिङमा भारत वजार सम्म पुग्ने गरेको स्रोतको भनाई छ । सिरहामा करिव १५ वर्ष उमेर देखी ३५ वर्ष उमेर समुहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: