बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।
वर्षाको मौसममा पखालाका बिरामी बढ्न थालेको र केही बिरामीको मृत्यु समेत भएकोले थप जनशक्ति र औषधीको व्यवस्था गरेर पालिकाका दुई वटा स्वास्थ्य संस्थाहरु वडा नम्बर २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर–६ गङ्गापुर स्वास्थ्य चौकीमा छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।
उनले ती दुबै स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा समेत सुरु गरिएको जनाउँदै झाडा पखाला र मौसमी फ्लुका बारेमा स्थानीयमा सचेतना वृद्धि गर्ने कार्य पनि सुरू गरिएको बताए । नरैनापुरमा स्थापना गरिएका छुट्टै वार्ड (उपचार कक्ष) मा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।
उनले झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको जनाउँदै शनिबार मात्रै सो उपचार कक्षमा पाँच जना बिरामीलाई भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । यसअघि गत साता मात्रै नरैनापुर ३ गेग्ली गाउँमा एकै परिवारका तीनसहित चार जनाको बान्ता, पखाला र कडा खाले ज्वरो आई शरीरमा पानीको कमीले गर्दा मृत्यु भएको थियो ।
उनीहरुले समयमा उपचार नपाएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले गरेको अनुसन्धानबाट खुलेको थियो । सोही प्रकारले नरैननापुर गाउँपालिका–६ सोनवर्षाका एक र जानकी गाउँपालिका–५ बेलहरीका एक जना गरेर थप दुई जनाको पनि पखालाबाट मृत्यु भएको थियो । जिल्लामा ६ जनाको मृत्यु भएको र बिरामी बढ्दै गएको अवस्थामा नेपालगन्ज र नरैनापुरमा विशेष सतर्कता अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: