बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।
वर्षाको मौसममा पखालाका बिरामी बढ्न थालेको र केही बिरामीको मृत्यु समेत भएकोले थप जनशक्ति र औषधीको व्यवस्था गरेर पालिकाका दुई वटा स्वास्थ्य संस्थाहरु वडा नम्बर २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर–६ गङ्गापुर स्वास्थ्य चौकीमा छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए ।
उनले ती दुबै स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा समेत सुरु गरिएको जनाउँदै झाडा पखाला र मौसमी फ्लुका बारेमा स्थानीयमा सचेतना वृद्धि गर्ने कार्य पनि सुरू गरिएको बताए । नरैनापुरमा स्थापना गरिएका छुट्टै वार्ड (उपचार कक्ष) मा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।
उनले झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको जनाउँदै शनिबार मात्रै सो उपचार कक्षमा पाँच जना बिरामीलाई भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिए । यसअघि गत साता मात्रै नरैनापुर ३ गेग्ली गाउँमा एकै परिवारका तीनसहित चार जनाको बान्ता, पखाला र कडा खाले ज्वरो आई शरीरमा पानीको कमीले गर्दा मृत्यु भएको थियो ।
उनीहरुले समयमा उपचार नपाएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले गरेको अनुसन्धानबाट खुलेको थियो । सोही प्रकारले नरैननापुर गाउँपालिका–६ सोनवर्षाका एक र जानकी गाउँपालिका–५ बेलहरीका एक जना गरेर थप दुई जनाको पनि पखालाबाट मृत्यु भएको थियो । जिल्लामा ६ जनाको मृत्यु भएको र बिरामी बढ्दै गएको अवस्थामा नेपालगन्ज र नरैनापुरमा विशेष सतर्कता अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: