Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

काठमाडौं महानगरको ‘एकल सेवा केन्द्र’ बाट एकद्वार सेवा प्रवाह सुरु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि केन्द्रीय कार्यालयको ब्लक ‘क’ (उत्तरतर्फको भवन) को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ । 

महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने, त्यसका आधारमा सेवा प्राप्त गर्ने विद्युतीय प्रक्रिया अगाडि बढ्ने भएकोले एकद्वार भनिएको हो । निजामती सेवा दिवसको अवसर पारेर शुभारम्भ गरिएको केन्द्रमा वडा नं. ५ बाट विपन्न नागरिक शिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन वडा नं. ३२ बाट आएका समिर नेपाललाई टोकन प्रदान गर्दै सेवा सुरु गरिएको थियो । उनिहरुले टोकन प्राप्त गरेको ४५ मिनेटमा सेवा लिइसकेका थिए । दिवसका अवसरमा पारेर आयोजना हुने कार्यक्रम परम्परागत ढाँचाका हुने अभ्यासलाई चिर्दै महानगरपालिकाले सेवा शुभारम्भ गरेको हो । 

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सेवाग्राहीलाई टोकन लिने विधि सिकाउँदै सेवाका बारेमा जानकारी गराएका थिए । यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले, केन्द्रका पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । 

‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो । शुभारम्भपछि अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो । यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिनु हाम्रो कर्तव्य हो । केन्द्र यसका लागि स्थापना भएको हो । केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जानेछौँ ।’

‘केन्द्र इगभर्नेन्सको व्यवहारिक प्रयोग हो ।’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने,  नागरिकका घरदैलोमा उत्तरदायी सरकार भएको अनुभूति गराउने प्रयास हो ।’ सेवाग्राही सर्वेक्षणको प्रसङ्ग जोड्दै उनले भनिन्, ‘गएको साउनमा सेवाग्राही सर्वेक्षण गरेका थियौँ । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गर्नुभएको छ । सर्वेक्षणमा सहभागीमध्ये धेरै स्नातक तह वा सोसरहको शैक्षिक उपाधि प्राप्त गर्नुभएका सेवाग्राही हुनुहुन्थ्यो । उहाँहरुले दिनुभएको सुझावका आधारमा गएको वर्ष जारी गरिएको एकल सेवा केन्द्र सञ्चालन कार्यविधिका आधारमा सेवा थालेका हौँ ।’ 

महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन । प्रवक्ता मानन्धरले भने, ‘प्रविधिका ज्ञान हुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर यसमा ज्ञान नहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नुहुनेछ ।’

केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ । स्वास्थ्य विभागका प्रमुख दिपक केसी भन्छन्, ‘सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने बवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नुहुनेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ 

निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफीको प्रबन्ध केन्द्रका सुविधा हुन् । 

केन्द्रबाट प्रवाह हुने सेवाहरु

एकल सेवा केन्द्र सञ्चालन कार्यविधिले सेवा लिन आउने सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रबाट सेवाग्राहीलाई आतिथ्यता प्रदान गर्ने र माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिनेछ । सूचना अधिकारी एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य कार्यविधिका व्यवस्था उधृत गर्दै भन्छन्, ‘आवश्यकताअनुसार टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराइनेछ । विद्युतीय माध्यमको प्रयोग गरेर सम्भव भएसम्म छिटो सेवा प्रदान गरिनेछ । कुनै कारणले समय लाग्ने भएमा कति समय लाग्छ, भन्ने सम्भावित समयमा विषयमा जानकारी गराइनेछ ।’

कर्मचारी सम्बन्धी व्यवस्था

अधिकृत स्तर सातौँ वा आठौँ केन्द्रको प्रमुख हुनेछ । केन्द्रमा एक जना महिलासहित २ जना अधिकृत स्तर छैटौँ तहका जन सम्पर्क अधिकृत हुनेछन् । नर्सिङ् सेवासमेत उपलब्ध गराउन सक्ने मनोसामाजिक परामर्शदाता १ जना, महानगर प्रहरी बलबाट नगर प्रहरी नायव निरीक्षक १ जना र श्रेणीविहिन ३ जना कार्यालय सहयोगी हुनेछन् । केन्द्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र कार्य सञ्चालनमा देखिएका समस्या समाधान गर्न प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख स्तरको कर्मचारीलाई नोडल अधिकृत तोक्न सक्ने व्यवस्था छ । 

सेवाग्राहीले सेवा लिने माध्यमहरु

सेवाग्राहीहरुले कार्यालयमा आफैँ उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, महानगरपालिकाको वेभसाइट वा मोवाइल एप्लिकेसनमा दिएका निर्धारित विकल्पको प्रयोग गरेर र कार्यालयका औपचारिक सामाजिक सञ्जालहरुको माध्यम प्रयोग गरेर सेवा लिन सक्नेछन् ।

भौतिक रुपमा उपस्थित हुने सेवाग्राहीले कार्यालय समयमा र विद्युतीय माध्यमबाट सेवा लिन चाहनेले जुनसुकै समयमा पनि सेवाको माग गर्न सक्नुहुनेछ । यसरी सेवा माग गर्दा नाम थर र ठेगाना, सम्पर्क मोवाइल नम्बर, माग गरेको सेवा सम्बन्धी पूर्व निर्धारित फाराम भए त्यसै अनुरुप र नभए आफूले प्राप्त गर्न चाहेको सेवा उल्लेख गर्नुपर्छ । 

प्राथमिकता

तत्काल सम्बोधन नगरिए महानगरपालिका वा सेवाग्राहीलाई गम्भीर असर पर्ने खालका मागलाई पहिलो प्राथमिकतामा राखिनेछ । उच्च महत्व दिएर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई अति जरुरी, प्राथमिकतामा राखेर कारवाही अगाडि बढाउनु पर्ने सेवालाई जरुरी र प्राथमिकतामा राखिरहनु नपर्ने क्रमशः सम्बोधन गर्दै लैजानु पर्ने सेवालाई सामान्यमा राखिनेछ । 

सेवा उपलब्ध गराउने प्रक्रिया 

सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ । 

यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ । सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेभ पेजबाट हेर्न सक्नेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: