Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

बल्खुमा भत्किएका संरचना प्राचीन नभएको पुरात्त्व विभागको स्पष्टोक्ति

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्त्व विभागले स्पष्ट पारेको छ ।

बल्खु क्षेत्रस्थित सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा भत्काइएका मन्दिरका संरचना नयाँ तथा निजी स्वामित्वका भएकाले विभागले संरक्षण गर्न आवश्यक नदेखिएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए । 

विभागले १०० वर्षभन्दा पुराना ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वका संरचनामात्र संरक्षणमा गर्दै आएको जानकारी दिँदै उनले भने, 'दशदेखि १५ वर्षअघि निर्माण भएका नयाँ वा निजी संरचनालाई विभागले संरक्षण गर्दैन । त्यो हाम्रो दायित्वभित्र पर्दैन ।' 

महानिर्देशक प्रधानाङ्गले बल्खु क्षेत्रमा गरिएको स्थलगत अवलोकनका क्रममा भत्काइएका संरचनामा प्राचीनताको कुनै आधार नभेटिएको बताए । त्यहाँ दुईवटा मूर्ति र एउटा आकारविहीन शिला भेटिएको थियो । 'सिमेन्टले ढलान गरिएको नयाँ संरचना थियो, पुरानो कुनै संरचनात्मक विशेषता देखिएन,' उनले भने, 'ती मूर्ति करिब १०–१५ वर्ष पुराना हुनुपर्छ, पुरातात्त्विक महत्वका वस्तु भेटिएनन् । स्थानीय व्यक्तिले नै ती मूर्तिको स्वामित्व दाबी गरेपछि विभागले त्यसलाई आफ्नो संरक्षणमा लिएन ।'

केही समय यता बस्ती विस्तारसँगै सामाजिक एकता वा पहिचानका लागि नयाँ मन्दिर तथा धार्मिक संरचना निर्माण गर्ने चलन बढेको बताए । 'विशेषगरी सुकुमबासी बस्तीमा बनेका यस्ता संरचना धेरैजसो नयाँ छन्,' उनले भने, 'कहिलेकाहीँ जमिनमा स्वामित्व दाबी मजबुत बनाउन पनि यस्ता संरचना बनाउने प्रवृत्ति देखिन्छ ।'

बागमती किनारका प्राचीन मन्दिरहरूको उदाहरण दिँदै उहाँले ती संरचना व्यवस्थित रूपमा निर्माण गरिएका, गुठी राखिएका र ऐतिहासिक अभिलेखसहित समाजसँग जोडिएका बताए । 'हामीले अनधिकृत बस्ती हटाउने क्रममा पनि प्राचीन महत्त्वका संरचना छन् वा छैनन् भनेर ध्यान दिँदै आएका छौँ,' उनले भने, 'बल्खुको उक्त संरचना भने विभागले संरक्षण गर्नुपर्ने श्रेणीमा पर्दैन ।'

विभागका अनुसार प्राचीन स्मारकका लागि संरचनामा ऐतिहासिकता, अभिलेख, निरन्तरता र निर्माण सामग्रीसमेत महत्त्वपूर्ण हुन्छ । 'पुराना इट्टा, माटो, काठ वा ढुङ्गाका, गुठी व्यवस्था भएका, दाताको नाम र अभिलेख रहेका संरचनालाई मात्रै प्राचीन स्मारक मानिन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोगाधिकार समाप्त भएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा

काठमाडौं।   वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हु...

११ सहसचिवको सरुवा कसकाे कहाँ ?

काठमाडौँ ।  सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर...

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्म...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।...

सरकारको निर्णय : १२ ट्रेड युनियनको दर्ता खारेज

काठमाडौँ । सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार गरेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ अन...

गुण्डुमा एमाले बैठक : सुदूरपश्चिमका सांसदसँग ओलीको छलफल, नेतृत्वदेखि मन्त्रिमण्डलसम्म एजेन्डा

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग  भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...

लुम्बिनीका औद्योगिक क्षेत्रमा अतिक्रमण : जग्गा फिर्ता प्रक्रिया किन बन्दैछ जटिल ?

रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...

इलाममा कोदोको बिस्कुट : पाहुनाका लागि नयाँ कोसेली, उद्यमीलाई अनुदान

इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...

पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending