Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व मिलोमतोमा नै छली भएको र राज्यलाई तिर्नुपर्ने १६ करोड ९२ लाख करको विषयमा छानविन गर्न उजुरीमा माग गरिएको छ । 

नाम नखुलाउने सर्तमा निवेदकले प्रमाणसहित नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, स्थानिय प्रशासन, ठेक्केदार र समन्वय समितिलाई विपक्षी वनाएर निवेदन दर्ता गराएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्माणाधिन क्षेत्रमा करोडौ राजश्व छली गरेको व्यहोरामा निवेदन दर्ता भएको बताएको छ । अनुसन्धान  प्रक्रिया अगाडि बढेको हुनाले निवेदकको गोपिनियता र अनुसन्धानलाई ध्यानमा राख्दै थप सुचनाहरु दिन नमिल्ने केन्द्रिय कार्यालय टंगालले जनाएको छ । 

यता राजश्वको विषय नगर क्षेत्रमा  पेचिलो बन्दै गएको छ । व्यक्तिका जग्गाहरु उत्त्खनन गरेर निर्माणस्थलमा पुर्‍याएको फेला परेपछी शंका गर्ने आधारहरु देखिएको स्थानीयहरूले बताएका छन । निजी जग्गाबाट उत्त्खनन गर्दा पारम्भिक वातावरण परिक्षण गरी नगरवाट स्वीकृति लिएर राजश्व तिरेपछि मात्र किनवेच गर्न पाउने प्राधान छ तर स्थानीय सरकार र समन्वय समितिको नै आडमा निर्वाध ओसारपसार भएको क्रसर व्यवसायी हर्क लामा बताउँछन । 

जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको नदीजन्य पदार्थको राजश्व छली भएको आशंका गर्दै जिल्ला समन्वय समितिले रेल्वेलाई पत्र समेत पठाएको छ । 

निर्माणस्थलमा थुपारिएको नदीजन्य पदार्थको स्रोतको विषयमा प्रश्न उठेपछि विवरणहरु बुझाउन दुई पटक पत्र पठाएतापनी उनीहरुले अहिलेसम्म नपठाएको समन्वय समिति प्रमुख सुमन कर्णले जानकारी दिए । 'उत्त्खननलाई दुई प्रकारले हेर्नुपर्छ एउटा राजश्व र अर्को वातावरण, यी दुवैमा मापदण्ड पुगेको छ भने वैधानिक नै हुन्छ ।' प्रमुख कर्णले भने । 'यी भनेका राज्यको ढुकुटी हुन यसलाई कसैले छल्नु भनेको अपराध हो, जोसुकै भएतापनी कानुनको दायरामा आउछन र छानविन प्रक्रिया अगाडी वढाउनु पर्छ ।'

अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बजरंग जेभी अमर, रेल्वे पुलमा कालिका र  स्टेशनमा डीएनएन जेभीले निर्माण ठेक्काको जिम्मेवारी लिएर काम गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending