महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणार्थ रेल्वे स्टेशन र ट्र्याकमा करोडौ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानिय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका हुन । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व मिलोमतोमा नै छली भएको र राज्यलाई तिर्नुपर्ने १६ करोड ९२ लाख करको विषयमा छानविन गर्न उजुरीमा माग गरिएको छ ।
नाम नखुलाउने सर्तमा निवेदकले प्रमाणसहित नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, स्थानिय प्रशासन, ठेक्केदार र समन्वय समितिलाई विपक्षी वनाएर निवेदन दर्ता गराएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्माणाधिन क्षेत्रमा करोडौ राजश्व छली गरेको व्यहोरामा निवेदन दर्ता भएको बताएको छ । अनुसन्धान प्रक्रिया अगाडि बढेको हुनाले निवेदकको गोपिनियता र अनुसन्धानलाई ध्यानमा राख्दै थप सुचनाहरु दिन नमिल्ने केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।
यता राजश्वको विषय नगर क्षेत्रमा पेचिलो बन्दै गएको छ । व्यक्तिका जग्गाहरु उत्त्खनन गरेर निर्माणस्थलमा पुर्याएको फेला परेपछी शंका गर्ने आधारहरु देखिएको स्थानीयहरूले बताएका छन । निजी जग्गाबाट उत्त्खनन गर्दा पारम्भिक वातावरण परिक्षण गरी नगरवाट स्वीकृति लिएर राजश्व तिरेपछि मात्र किनवेच गर्न पाउने प्राधान छ तर स्थानीय सरकार र समन्वय समितिको नै आडमा निर्वाध ओसारपसार भएको क्रसर व्यवसायी हर्क लामा बताउँछन ।
जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको नदीजन्य पदार्थको राजश्व छली भएको आशंका गर्दै जिल्ला समन्वय समितिले रेल्वेलाई पत्र समेत पठाएको छ ।
निर्माणस्थलमा थुपारिएको नदीजन्य पदार्थको स्रोतको विषयमा प्रश्न उठेपछि विवरणहरु बुझाउन दुई पटक पत्र पठाएतापनी उनीहरुले अहिलेसम्म नपठाएको समन्वय समिति प्रमुख सुमन कर्णले जानकारी दिए । 'उत्त्खननलाई दुई प्रकारले हेर्नुपर्छ एउटा राजश्व र अर्को वातावरण, यी दुवैमा मापदण्ड पुगेको छ भने वैधानिक नै हुन्छ ।' प्रमुख कर्णले भने । 'यी भनेका राज्यको ढुकुटी हुन यसलाई कसैले छल्नु भनेको अपराध हो, जोसुकै भएतापनी कानुनको दायरामा आउछन र छानविन प्रक्रिया अगाडी वढाउनु पर्छ ।'
अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बजरंग जेभी अमर, रेल्वे पुलमा कालिका र स्टेशनमा डीएनएन जेभीले निर्माण ठेक्काको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: