धादिङ । कृषिप्रधान देशमा किसान सधैँ समस्यामा छन् । कहिले बाली लगाउनेबेला रासायनिक मल हाहाकार हुन्छ, कहिले पानीको समस्या । अब झन् सरकारले नै वितरण गरेको बीउका कारण कृषक समस्यामा पर्न थालेका छन् ।
स्थानीय सरकारले वितरण गरेको बीउ रोपेको धादिङ थाँक्रेका किसान मकै न फलेकाले मर्कामा परेका छन् । धादिङको थाक्रे गाउँपालिकाको –६ नम्बर वडाका अधिकांश किसानको मुख्य बाली मकै हो । मकै लगाउने बेला वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ लिन आउनु भनेर सूचना जारी गरेपछि यहाँका झण्डै ३ सय ३५ घरधुरी वडाले बाँडेको सीपी ८०८ जातको मकैको बीउ ल्याएर रोपे । वडाले बाँडेको उन्नत जातको बीउ रोपेर धेरै मकै फलाउने अपेक्षा गरेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नलाग्ने, लागिहाले घोगाभित्र दाना नहुने र भएको पनि कुहिएपछि निराश छन् ।
बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि रानीबारीका किसान चिन्तामा छन् । पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद कमाउने किसानले अहिले आफैँले समेत चाख्न नपाएको गुनासो गरेका छन् ।
बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान समेत सक्ने अवस्था नरहेको हरि थापाले बताए । थाक्रे गाँउपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए । “बिरुवा हुर्कदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाँहि सेतो निस्कियो” थापाले भने, “घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।”
सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । हरेक किसानले ६ किलोग्राम मकैको बीउ लगाएका थिए । उक्त बीउ लगाएका सबै किसानको अवस्था दर्दनाक छ ।
सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने बेला भयो । परम्परागत मकैको बीउ लगाउनेले अघिल्लो वर्षजस्तो फलाएको किसान गुरुदत्त गर्तौलाले भने । बिरुवा उम्रदा बारीमा बोट राम्रै थियो । सुत्ला पनि राम्रै देखिन्थ्यो, मकैमा दाना लाग्न सुरु भएपछि धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थालेको बताउँदै गर्तौलाले ढोड र मकैको घोगा कुहिएर बारीमा पस्न सक्ने अवस्था नरहेको बताए । सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गर्तौलाको भनाइ छ । “मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन” गर्तौलाले भने ।
मकै फलाउने आशमा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गरे । गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।
“कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल भइरहेको छ” थापाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: