Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित

खबरडबली संवाददाता

धनकुटा । अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ । 

अलैँचीको नयाँ उत्पादन सुरु भए पनि मूल्य राम्रो पाउँदा आफूहरू खुसी भएको कृषकको भनाइ छ । अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरेपनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा समेत मूल्य नघटेकोले आफूहरू उत्साहित रहेको पाख्रिवास नगरपालिका २ का अलैँची कृषक निर्मल स्याङदेन बताउँछन । “केही वर्ष यता कृषकले आफ्नो लगानी समेत उठाउन सकेको थिएनौ तर यो वर्ष राम्रो मूल्य पाएको छौँ” स्याङदेन भन्छन् । 

गत वर्षबाट उकालो लाग्न थालेको अलैँचीको मूल्यले यो वर्ष पनि निरन्तरता पाउँदा आफूहरू खुसी भएको सान्नेका अर्का कृषक बल बहादुर अधिकारी बताउँछन् । २०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजार वाट ओरालो लागेको मूल्य गत पुस सम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउँछन् । 

गत वर्ष करिब ६० हजार रुपियाँ प्रतिमनसम्म पुगेको उनको भनाइ छ । उत्पादन कम र ठुला व्यापारीहरूले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको शाहको तर्क छ । उत्पादनमा कमी हुने आङ्कलनकै कारण मूल्य बढेको हुन सक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका प्रमुख नगेन्द्र राना बताउँछन । 

धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा करिब ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । धनकुटामा आर्थिक वर्ष २०७४।७५४ सबै भन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४।७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । त्यस यता भने विभिन्न रोग किरोको प्रकोपको कारण अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: