Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित

खबरडबली संवाददाता

धनकुटा । अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ । 

अलैँचीको नयाँ उत्पादन सुरु भए पनि मूल्य राम्रो पाउँदा आफूहरू खुसी भएको कृषकको भनाइ छ । अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरेपनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा समेत मूल्य नघटेकोले आफूहरू उत्साहित रहेको पाख्रिवास नगरपालिका २ का अलैँची कृषक निर्मल स्याङदेन बताउँछन । “केही वर्ष यता कृषकले आफ्नो लगानी समेत उठाउन सकेको थिएनौ तर यो वर्ष राम्रो मूल्य पाएको छौँ” स्याङदेन भन्छन् । 

गत वर्षबाट उकालो लाग्न थालेको अलैँचीको मूल्यले यो वर्ष पनि निरन्तरता पाउँदा आफूहरू खुसी भएको सान्नेका अर्का कृषक बल बहादुर अधिकारी बताउँछन् । २०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजार वाट ओरालो लागेको मूल्य गत पुस सम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउँछन् । 

गत वर्ष करिब ६० हजार रुपियाँ प्रतिमनसम्म पुगेको उनको भनाइ छ । उत्पादन कम र ठुला व्यापारीहरूले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको शाहको तर्क छ । उत्पादनमा कमी हुने आङ्कलनकै कारण मूल्य बढेको हुन सक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका प्रमुख नगेन्द्र राना बताउँछन । 

धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा करिब ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । धनकुटामा आर्थिक वर्ष २०७४।७५४ सबै भन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो । 

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४।७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । त्यस यता भने विभिन्न रोग किरोको प्रकोपको कारण अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending