Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ । कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो । 

फक्ताङ्लुङ गाउँपालिकासँग समन्वय गरेर स्थानीयले त्यही पहिरोले भत्काएको पुलको लट्ठा प्रयोग गरेर तुइन सञ्चालनमा ल्याएको बताइएको छ । स्थानीय रत्नकुमार श्रेष्ठ लगायतले तुइन सञ्चालनमा ल्याएपछि तत्कालका लागि पदयात्री तथा स्थानीयलाई आउजाउ गर्न सुविधा भएको छ । गत साउन २९ गते वर्षासँगै माथिबाट झरेको पहिरोले झोलुङ्गे पुललाई पूर्णरुपमा क्षति गरेको थियो । 

पर्यटकीय मौसम सुरु हुन लाग्दा पहिरोले झोलुङ्गे पुलमा क्षति गरेको र पुल भत्किएर पद मार्ग अवरुद्ध भएपछि कञ्चनजङ्घा आधार शिविर क्षेत्रका बासिन्दा चिन्तित भएका थिए । तत्काल झोलुङ्गे पुल पुनर्निर्माण गर्ने स्थिति नरहेको अवस्थामा तुइन सञ्चालनले थोरै भए पनि राहत पुगेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण साथै भ्रमाणका लागि स्वदेशी तथा विदेशी पर्यटक यही पदमार्ग हुँदै जाने गर्दछन् ।

यता तुइन सञ्चालन गर्न सुरु गरिएपछि प्राविधिक टोलीका साथ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले स्थलगत निरीक्षण गरेका थिए । अध्यक्ष लिम्बूले आफैँ तुइन चढेर परीक्षणसमेत गरेकाे बताइएको छ । निरीक्षण तथा परीक्षणपछि पुलको विकल्पमा तत्कालका लागि तुइन सञ्चालन गर्न उचित नै देखिएको गाउँपालिकाले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: