Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

खबरडबली संवाददाता

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (ब्ल्युएमओ) का प्रमुखले बुधबार बताएका छन् ।

विश्वमा लगातार दोस्रो वर्ष अगस्टमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको युरोपेली युनियनको जलवायु अनुगमनको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मौसम विज्ञान निकायहरूका अनुसार यो अवधिमा अष्ट्रेलिया, जापान, चीनका केही भाग तथा नर्वेमा अहिलेसम्मको सबैभन्दा तातो अनुभव गरिएको छ । 

तथ्याङ्कअनुसार पछिल्लो समयमा अपेक्षाभन्दा धेरै तापक्रम बढेको र यो हामीले तापक्रम सन्तुलनका लागि जनाएको प्रतिवद्धताभन्दा विपरित भएको डब्ल्युएमओका प्रमुख सेलेस्ट साउलोले बताए । ईयूको ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ले गत वर्ष अगस्टमा मापन गरिएको रेकर्ड १६‍‍‍. ८२ डिग्री सेल्सियसभन्दा माथि रहेको उनले बताए ।
 
सिङ्गापुरमा स्थानीय मौसम विज्ञान निकायहरूको क्षेत्रीय जलवायुसम्बन्धी एकमा कार्यक्रममा बोल्दै साउलोले निर्धारित ‘मापदण्ड’ पार भइसकेको उनले बताए । तापक्रम वृद्धि नियन्त्रण गर्न थप स्रोतहरू चाहिने उल्लेख गर्दै साउलोले मौसम विज्ञान निकायका लागि राम्रो निगरानी र समर्थनका लागि पनि आह्वान गरे ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले एसिया र प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारेको पछिल्लो मूल्याङ्कन जारी गरेको केही दिनपछि आएको यस फोरमले धेरै क्षेत्रमा समुद्री सतहको वृद्धि औसतभन्दा माथि रहेको चेतावनी दिएको छ ।

‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’का अनुसार अगस्टसम्मको रेकर्डले १५ महिनाको वृद्धिको निरन्तरतालाई जारी राखोको देखिन्छ भने  प्रत्येक महिनाले अघिल्लो वर्षको आफ्नै तापक्रमको रेकर्डलाई तोडेका छन् ।  जलवायु मञ्चले सिङ्गापुरलाई वनस्पतिमा लागेको आगो र धुवाँले गर्दा हुने प्रदूषण अनुगमन गर्ने क्षेत्रीय केन्द्रको रूपमा घोषणा गरेको छ ।

विश्वभर रहेका दुई वटा यस प्रकारका केन्द्र छन् । केन्द्रले आगो र प्रदूषण पूर्वानुमानमा राम्रो गुणस्तरको जानकारी प्रदान गरी क्षेत्रीय तथ्याङ्कमा रहेको अन्तरलाई कम गर्ने अधिकारीहरूले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending