काठमाडौं । अभिनेता पल शाहको बिषयमा गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच आरोप प्रत्यारोप चलेको छ । समीक्षाले पूजाको एक अन्तर्वार्ताप्रति रोष प्रकट गर्दै स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् ।
केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् ।
समीक्षाको स्टाटस
अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?
यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनें, मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज । अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ।
सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।
पुजाको स्टाटस
‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन् त्यसमा मेरो गम्भीर आपत्ति छ ।
त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ।
यो विषयमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिनँ तर यसरी मेरो मुभि आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म पनि बाध्य भएर बोलेँ ।
भिडिओमा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला ‘त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।’
मुभि आउनु अगाडी शत्रुहरू त लाग्छन् नै ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - ०९:२७
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहर...
भाद्र २८ गते, २०८१ - ०९:१९
स्याङ्जा । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षत्रीले गाउँमा व्यावसायिक बाख्रापालकको छवि बनाएका छन्। २०७४ सालमा वडासदस्यसमेत निर्व...
भाद्र २८ गते, २०८१ - ०९:१३
काठमाडौं । नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्। हालै एक टेलिभिज...
भाद्र २८ गते, २०८१ - ०८:३३
डडेल्धुरा । निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरप...
भाद्र २८ गते, २०८१ - ०८:३०
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस ...
भाद्र २८ गते, २०८१ - ०८:२५
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ । सरक...
भाद्र २८ गते, २०८१ - ०७:३२
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्...
भाद्र २८ गते, २०८१ - ०७:२९
बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रा...
भाद्र २८ गते, २०८१ - ०७:२७
कीर्तिपुर । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो ...
भाद्र २८ गते, २०८१ - ०७:२३
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालील...
प्रतिकृया लेख्नुहोस्: