Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रस्तावित चार मुलुकका राजदूतको संसदीय सुनुवाइ

खबरडबली संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आइतबारको बैठकले प्रस्तावित राजदूत क्रमश : प्रा.डा. कृष्णप्रसाद ओली, डा. शङ्कर शर्मा, डा. शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेको हो । 

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । उनिहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै जिम्मेवारीका लागि प्रस्ताव गरिएको देश र नेपालबीच सरकार र नागरिकस्तरको सम्बन्ध, व्यापार, लगानी, सहयोग र भ्रमण आदानप्रदानसम्बन्धी वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराए । 

अवसरमा भारतका लागि प्रस्तावित राजदूत डा. शर्माले खुला सिमाना, साझा संस्कृति, आर्थिक अन्तरनिर्भता र जनस्तरको सम्बन्धका कारण नेपाल–भारतबीचको मित्रता विशिष्ट रहेको बताए । उनले भने, “सरकारी तहमा मात्र नभइ जनस्तरमा समेत दुई देशबीच गहिरो सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार, पर्यटकका लागि ठूलो स्रोत, पेट्रोलियम पदार्थको एक मात्र आपूर्तिकर्ता र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत हो ।”

चीनका लागि प्रस्तावित प्रा.डा. ओलीले सभ्यता, ज्ञानविज्ञान, दर्शन, बुद्धिज्मसम्बन्धी विषयको साटासाट तथा मञ्जुश्रीको नेपाल आगमन, बुद्धभद्रको चीन भ्रमण, वैवाहिक सम्बन्धलगायत कारण नेपाल र चीनबीच परापूर्वकालदेखि नै ऐतिहासिक तथा घनिष्ट सम्बन्ध रहिआएको बताए । “दुई देशबीचमा उच्च तहका भ्रमण, व्यापार, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार निर्माण, लगानी, अनुदानलगायत विभिन्न क्षेत्रमा आर्थिक सम्बन्ध र सहयोग विस्तार भएको छ ।”

जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले युरोपेली मुलुक जर्मन र नेपालबीचको सम्बन्ध निकै घनिष्ट रहेका जनाउँदै आफनो नाम अनुमोदन भएमा उच्चस्तरीय भ्रमण, लगानी प्रवर्द्धन र आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने बताए । उनले भने, “जर्मनमा करिब १० हजार नेपाली विभिन्न पेसा व्यवसायमा संलग्न रहेको तथ्याङ्क छ । जर्मनी नेपालको पुरानो मित्रवत् सम्बन्ध भएको मुलुक हो, दुई देशबीच सिधा हवाई सेवा सञ्चालनका लागि नेपाल वायु सेवा निगमको जहाज युरोपेली आकाशमा उडाउने अनुमतिका लागि आफ्नो विशेष पहल हुनेछ ।”

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले डेनमार्क र नेपालबीच प्रगाढ सम्बन्ध रहेकै कारण नेपालको आर्थिक विकासमा डेनमार्कको निरन्तर सहयोग प्राप्त भइरहेको बताए । सरकारले इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ । 

यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि नाम पठाएको छ । 

स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending