Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

खबरडबली संवाददाता

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रूपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो । उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए । 

उनका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउका बिरुवाले स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ । थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न मिल्ने र एउटै बोटमा धेरै स्याउ उत्पादन गर्न सकिने प्रमुख मल्लको भनाइ छ । 

परम्परागत जातको स्याउका बिरुवाप्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर तीन हजारसम्म लगाउन मिल्छ । यो प्रविधिबाट लगाएको फुजी स्याउको बिरुवाले एक वर्षमै फल दिने भए पनि पहिलो पटकको स्याउ कम गुणस्तरको हुने र दोस्रो लटदेखि गुणस्तरीय उत्पादन हुन्छ । 

आर्थिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत दुई वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आठ सय बिरुवा उपलब्ध गराएको थियो । 

छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई पाँच सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई तीन सय बिरुवा दिइएको थियो । यस वर्षदेखि प्रत्येक प्रतिबोटमा पाँचदेखि आठ केजीसम्म स्याउ उत्पादन भएको छ । 

अन्य स्याउको तुलनामा फुजी स्याउको माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशुपक्षी फार्मका सञ्चालक मनबहादुर भामले बताए । उनले भने, “फुजी स्याउको बिरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यावसायिक स्याउ खेतीमा लागेका किसानका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।”

व्यवसायी जसबहादुर बुढा बाबुबाजेले गर्दै आएको स्याउको तुलनामा यो जातको स्याउले राम्रो आम्दानी दिएको बताए । “मेहनतअनुसारको प्रतिफल पाइने र थोरै जग्गामा पनि धेरै बिरुवा रोप्न सकिने भएकाले यो राम्रो भएको छ”, उनले भने । 

परियोजना कार्यान्वयन इकाइले आव २०८०/८१ मा नौ सय बिरुवा वितरण गरेको र चालु आवमा तीन हजार फुजी स्याउका बिरुवा ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको छ । 

परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख तेज विक्रम मल्लले बताए । राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने उनको भनाइ छ । फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: