घोराही। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै सशस्त्र द्वन्द्वका क्रममा पीडितलाई न्याय दिने बाटो खुलेको बताएको छिन् ।
प्रेस सेन्टर दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्थायी कमिटी सदस्य शर्माले लामो समयपछि राजनीतिक दलहरुका बिच भएको सहमति अनुसार विधेयक पास भएसँगै १२ बुँदे सहमति अन्त्य हुने र देश समृद्धिको यात्रमा अघि बढ्ने बताइन्।
विधेयक पारितसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्ने बाटो खुलेको भन्दै यसले द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बताइन्।
पूर्वमन्त्री शर्माले टिआरसी विधेयक पारित भएसँगै सङ्क्रमणकालिन न्यायले बाँक काम टुङ्गो लाग्ने र देश समृद्धिको अभियानमा अघि बढ्ने बताइन्।
उनले भनिन् ‘‘राजनीतिक दलहरुका बिचमा कुरा नमिल्दा लामो समयसम्म सङ्क्रमणकालिन न्यायको कामले टुङ्गो पाउन सकेको थिएन । तर अब विधेयक पास भएसँगै बाँकी काम टुङ्गो लाग्ने र देश समृद्धिको यात्रामा अघि बढ्ने छ ।’’
समिति सदस्य शर्माले आफ्नो पार्टीले नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मूल्याङ्कन गरेको बताए। देशलाई लोडसेडिङ मुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमिताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको उनको भनाइ छ ।
माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उनले भनिन्, ‘‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पु¥याउने बनाएका छौ । भूटानी शरणार्थी, लालिता निवास, सुन काण्डलगायतका ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभूती दिलाउने कामको सुरुवात गरेका छौँ ।’’
त्यसैगरी, घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याउने काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले जनताले बुझ्ने बताएको थिए।
दाङ निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका शर्माले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक, तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार, अन्तर जिल्ला जोड्ने घोराही–मुर्कुटी–प्युठान सडक, घोराही–होलेरी सडक र राप्ती राजमार्गसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिए कक्षा सञ्चालनका लागि बजेट बिनियोजनसँगै आवश्यक तयारीको काम अघि बढाएको बताइन् । जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका यी काम हुन सके भने जिल्लाको विकासले फड्को मार्ने भन्दै उनले त्यसका लागि दलहरुका बिचमा एकता आवश्यक रहेको बताएको थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाल र साउदी अरबबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौता...
माघ १३ गते, २०८२ - १३:२०
मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएक...
माघ १३ गते, २०८२ - १३:०८
काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जितेको छ । टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोग...
माघ १३ गते, २०८२ - १२:५६
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमश: आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छन् । ७४औ...
माघ १३ गते, २०८२ - १२:४८
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...
माघ १३ गते, २०८२ - १२:०३
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...
माघ १३ गते, २०८२ - ११:५७
धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...
माघ १३ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...
माघ १३ गते, २०८२ - ११:४३
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...
माघ १३ गते, २०८२ - ११:३१
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...




प्रतिकृया लेख्नुहोस्: