घोराही। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै सशस्त्र द्वन्द्वका क्रममा पीडितलाई न्याय दिने बाटो खुलेको बताएको छिन् ।
प्रेस सेन्टर दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्थायी कमिटी सदस्य शर्माले लामो समयपछि राजनीतिक दलहरुका बिच भएको सहमति अनुसार विधेयक पास भएसँगै १२ बुँदे सहमति अन्त्य हुने र देश समृद्धिको यात्रमा अघि बढ्ने बताइन्।
विधेयक पारितसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्ने बाटो खुलेको भन्दै यसले द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बताइन्।
पूर्वमन्त्री शर्माले टिआरसी विधेयक पारित भएसँगै सङ्क्रमणकालिन न्यायले बाँक काम टुङ्गो लाग्ने र देश समृद्धिको अभियानमा अघि बढ्ने बताइन्।
उनले भनिन् ‘‘राजनीतिक दलहरुका बिचमा कुरा नमिल्दा लामो समयसम्म सङ्क्रमणकालिन न्यायको कामले टुङ्गो पाउन सकेको थिएन । तर अब विधेयक पास भएसँगै बाँकी काम टुङ्गो लाग्ने र देश समृद्धिको यात्रामा अघि बढ्ने छ ।’’
समिति सदस्य शर्माले आफ्नो पार्टीले नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मूल्याङ्कन गरेको बताए। देशलाई लोडसेडिङ मुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमिताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको उनको भनाइ छ ।
माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उनले भनिन्, ‘‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पु¥याउने बनाएका छौ । भूटानी शरणार्थी, लालिता निवास, सुन काण्डलगायतका ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभूती दिलाउने कामको सुरुवात गरेका छौँ ।’’
त्यसैगरी, घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याउने काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले जनताले बुझ्ने बताएको थिए।
दाङ निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका शर्माले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक, तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार, अन्तर जिल्ला जोड्ने घोराही–मुर्कुटी–प्युठान सडक, घोराही–होलेरी सडक र राप्ती राजमार्गसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिए कक्षा सञ्चालनका लागि बजेट बिनियोजनसँगै आवश्यक तयारीको काम अघि बढाएको बताइन् । जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका यी काम हुन सके भने जिल्लाको विकासले फड्को मार्ने भन्दै उनले त्यसका लागि दलहरुका बिचमा एकता आवश्यक रहेको बताएको थिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: