कालीकोट । कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ ।
पहिरोले उक्त खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रु पैदल हिँड्न बाध्य भएका छन् । जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्साभेटर लगाएर पन्छाउने काम जारी रहेको बताए ।
शुक्रबारसम्म मौसम थप सक्रिय नभए यताको पहिरो पन्छाउन सकिएला तर नौ किलोमिटरभरि पहिरो गएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिनभन्दा बढी लाग्न सक्ने उनले बताए ।
प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहीखोलासम्म पुग्दा सडकको अवस्था निकै बिग्रिएको उनले जनाए । यही गतिमा काम भए तत्काल सडक खुल्न सक्ने अवस्था छैन तर सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रता दिए एक हप्तापछि सडक खुलाउन सकिने महताराको भनाइ छ । गगनेखोलाको पहिरोले सडक पूरै बगाएकाले नयाँ सडकको ट्र्याक खोल्नुपर्ने छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जिटीले दहीखोलामा रहेको पक्की पुल बगाएकाले धेरै क्षति पुगेको बताए । घटनास्थलमा खटिएका कर्मचारीसँग ढिलो सम्पर्क भएकाले थप क्षतिको विवरण मागिरहेको र सुर्खेत कार्यालयसँग पनि समन्वय भइरहेकाले दुवैतर्फबाट सडक खुलाउने काम हुने जिटीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: