कालीकोट । कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ ।
पहिरोले उक्त खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रु पैदल हिँड्न बाध्य भएका छन् । जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्साभेटर लगाएर पन्छाउने काम जारी रहेको बताए ।
शुक्रबारसम्म मौसम थप सक्रिय नभए यताको पहिरो पन्छाउन सकिएला तर नौ किलोमिटरभरि पहिरो गएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिनभन्दा बढी लाग्न सक्ने उनले बताए ।
प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहीखोलासम्म पुग्दा सडकको अवस्था निकै बिग्रिएको उनले जनाए । यही गतिमा काम भए तत्काल सडक खुल्न सक्ने अवस्था छैन तर सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रता दिए एक हप्तापछि सडक खुलाउन सकिने महताराको भनाइ छ । गगनेखोलाको पहिरोले सडक पूरै बगाएकाले नयाँ सडकको ट्र्याक खोल्नुपर्ने छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जिटीले दहीखोलामा रहेको पक्की पुल बगाएकाले धेरै क्षति पुगेको बताए । घटनास्थलमा खटिएका कर्मचारीसँग ढिलो सम्पर्क भएकाले थप क्षतिको विवरण मागिरहेको र सुर्खेत कार्यालयसँग पनि समन्वय भइरहेकाले दुवैतर्फबाट सडक खुलाउने काम हुने जिटीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: