काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनको अवमूल्यन गर्न नपाइने बताएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो बताएका हुन् ।
सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधि सभामा राखेको भनाइप्रति कटाक्ष गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । “जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्न पाइँदैन । माननीय योगेश भट्टराईलाई आफ्नो नेतारनेतृत्वको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनलाई अवमूल्यन गर्ने अधिकारी छैन,” सांसद सापकोटाले भने ।
संविधान नै जनयुद्धलाई ‘सशस्त्र सङ्घर्ष’ भनेको र बोल्दा लेख्दा त्यही प्रयोग हुनुपर्ने उनले बताए । “संविधानले जनयुद्धलाई सशस्त्र सङ्घर्ष भन्छ । आन्दोलन वीरताको गाथा हो, ओजको गरिमा हो । यसलाई दबाउन पाइँदैन,” उनले भने, “बोल्ने क्रममा त्यही भन्नुपर्छ । पार्टी बैठक, भेला, प्रशिक्षणहरूमा भन्नुस् तर, संसद्मा मिल्दैन ।”
सांसद सापकोटाले नेकपाकालीन समयमा उनै योगेश भट्टराईले जनयुद्ध स्वीकार गरेको तर, अहिले आएर त्यसविरुद्ध नै लागेको बताए ।
यसअघि बुधबार योगेश भट्टराईले माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि केहीबेर संसद् भाँडिएको थियो । यसको जवाफ दिँदै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - २१:४०
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...
बैशाख १३ गते, २०८३ - २१:३३
काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...
बैशाख १३ गते, २०८३ - २१:१९
प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...
बैशाख १३ गते, २०८३ - १९:४०
काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...
बैशाख १३ गते, २०८३ - १९:३२
काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...
बैशाख १३ गते, २०८३ - १९:१०
काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...
बैशाख १३ गते, २०८३ - ०७:१३
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...
बैशाख १३ गते, २०८३ - ०७:११
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...
बैशाख १३ गते, २०८३ - ०७:०९
खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...
बैशाख १३ गते, २०८३ - ०७:०७
बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...


प्रतिकृया लेख्नुहोस्: