काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनको अवमूल्यन गर्न नपाइने बताएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले यस्तो बताएका हुन् ।
सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधि सभामा राखेको भनाइप्रति कटाक्ष गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । “जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्न पाइँदैन । माननीय योगेश भट्टराईलाई आफ्नो नेतारनेतृत्वको चाकडी गर्ने अधिकार छ तर, आन्दोलनलाई अवमूल्यन गर्ने अधिकारी छैन,” सांसद सापकोटाले भने ।
संविधान नै जनयुद्धलाई ‘सशस्त्र सङ्घर्ष’ भनेको र बोल्दा लेख्दा त्यही प्रयोग हुनुपर्ने उनले बताए । “संविधानले जनयुद्धलाई सशस्त्र सङ्घर्ष भन्छ । आन्दोलन वीरताको गाथा हो, ओजको गरिमा हो । यसलाई दबाउन पाइँदैन,” उनले भने, “बोल्ने क्रममा त्यही भन्नुपर्छ । पार्टी बैठक, भेला, प्रशिक्षणहरूमा भन्नुस् तर, संसद्मा मिल्दैन ।”
सांसद सापकोटाले नेकपाकालीन समयमा उनै योगेश भट्टराईले जनयुद्ध स्वीकार गरेको तर, अहिले आएर त्यसविरुद्ध नै लागेको बताए ।
यसअघि बुधबार योगेश भट्टराईले माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि केहीबेर संसद् भाँडिएको थियो । यसको जवाफ दिँदै सांसद सापकोटाले यस्तो बताएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: